सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक

सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक

टिजरमा छाउपडीजस्ता सामाजिक विकृतिविरुद्ध एक शिक्षित युवाले आवाज उठाउँदै समाजकै विरुद्ध कानुनी लडाइँ लडेको देखाइएको छ।

काठमाडौं । आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘हली’ को टिजर सार्वजनिक गरिएको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले प्रचार–प्रसारलाई तीव्रता दिँदै फिल्मको टिजर दर्शकमाझ ल्याएको हो।

एक मिनेट २८ सेकेण्ड लामो टिजरले नेपाली समाजमा अझै पनि विद्यमान रहेको कुप्रथा छाउपडी को पीडादायी यथार्थलाई उजागर गरेको छ। महिनावारी भएका कारण घरकी छोरीलाई छाउगोठमा राख्ने परम्परा, त्यसपछि परिवारका सदस्य तथा आफ्नै बुबाको समेत अनुहार हेर्न नपाउने अमानवीय अवस्थालाई टिजरमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

टिजरमा छाउपडीजस्ता सामाजिक विकृतिविरुद्ध एक शिक्षित युवाले आवाज उठाउँदै समाजकै विरुद्ध कानुनी लडाइँ लडेको देखाइएको छ। कथावस्तु पुरानो लागे पनि यसले नेपाली समाजमा अझै भइरहेका यथार्थ घटनाहरूलाई पर्दामा उतार्ने प्रयास गरेको संकेत दिन्छ। फिल्मले उठाएका अन्य विषयवस्तु भने प्रदर्शनपछि मात्रै खुल्नेछन्।

ओम प्रतिकको लेखन तथा निर्देशन रहेको चलचित्रमा निर्देशक प्रतिक स्वयं मुख्य भूमिकामा देखिएका छन्। फिल्ममा उनका साथै सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडी लगायत कलाकारहरूको अभिनय रहेको छ।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको चलचित्रमा व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको छ।

फिल्मको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् भने केही गीतमा ओम प्रतिक र कविराज गहतराजको संयुक्त कोरियोग्राफी रहेको छ। चलचित्रका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्माता नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्मचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेका छन्।

राहुल राईको छायांकन रहेको फिल्मको सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन्। चलचित्रका गीतमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। चलचित्रको द्वन्द्व निर्देशन कुमार महर्जनले गरेका छन्। नेशनल सिने ग्रुप ले वितरण गर्ने यस फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

यो पनि पढ्नुहोस् :  हिमाल घर्ती मगरको ‘ए साइली’ सार्वजनिक

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   8   =