विश्वकप फुटबलः बराबरीमा रोकिए स्पेन र केप भर्डेल

विश्वकप फुटबलः बराबरीमा रोकिए स्पेन र केप भर्डेल

काठमाडौं, असार २ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता स्पेन र अफ्रिकन राष्ट्र केप भर्डेलबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

अमेरिकाको एटलान्टास्थित एट्लान्टा रङ्गशालामा सम्पन्न खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।

सन् २०१० को विश्वकप विजेता स्पेनले विश्वकपमा नवप्रवेशी टोली केप भर्डेलससँग निकै दबाबमा खेले पनि गोल गर्न भने सकेन । यस बराबरी खेलसँगै विश्वकपको समूह ‘एच’मा रहेका दुवै टोलीले समान एक÷एक अङ्क जोडेका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   10   =