डेब्यु चलचित्रमै मुख्य भूमिकामा समिया, ‘तीन तिघ्रे क्या बिग्रे’ मा भित्रिइन्

डेब्यु चलचित्रमै मुख्य भूमिकामा समिया, ‘तीन तिघ्रे क्या बिग्रे’ मा भित्रिइन्

चलचित्रमा चर्चित गायक पशुपति शर्मा तथा लोकप्रिय गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त पनि मुख्य भूमिकामा देखिनेछन्। यी दुवै कलाकारका लागि पनि यो पहिलो चलचित्र हुनेछ।


काठमाडौँ। म्युजिक भिडियो र टेलिचलचित्रमार्फत आफ्नो अभिनय प्रतिभा स्थापित गर्दै आएकी कलाकार समिया कार्की अब ठूलो पर्दामा देखिने भएकी छन्। रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘तीन तिघ्रे क्या बिग्रे’ मा उनी मुख्य भूमिकाका लागि अनुबन्धित भएकी हुन्।

टेलिचलचित्र ‘सीता’ मा सीताको नन्दको भूमिकाबाट दर्शकमाझ परिचित बनेकी समियाको यो पहिलो चलचित्र हो। डेब्यु चलचित्रमै मुख्य भूमिकामा अभिनय गर्ने अवसर पाएकी उनी यसलाई आफ्नो अभिनय यात्राको महत्वपूर्ण सुरुआतका रूपमा लिएकी छन्। नयाँ टिमसँग काम गर्न पाउँदा उत्साहित रहेको बताउँदै उनले अनुभवी कलाकारहरूसँग सहकार्य गर्न पाउनु आफ्नो लागि सिकाइ र अवसर दुवै भएको प्रतिक्रिया दिइन्।

चलचित्रमा चर्चित गायक पशुपति शर्मा तथा लोकप्रिय गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त पनि मुख्य भूमिकामा देखिनेछन्। यी दुवै कलाकारका लागि पनि यो पहिलो चलचित्र हुनेछ।

निर्देशक अमरदीप सापकोटाका अनुसार चलचित्र कमेडी जनरामा निर्माण हुनेछ, जसले दर्शकलाई हँसाउनुका साथै समसामयिक विषयवस्तुहरूलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्नेछ। हास्य, रमाइलोपन र सामाजिक सन्देशको संयोजनमा तयार हुने चलचित्रले सबै उमेर समूहका दर्शकलाई आकर्षित गर्ने निर्माण टिमको विश्वास रहेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  चाम्सको निर्देशनमा मदनकृष्ण श्रेष्ठको जीवनमाथि चलचित्र ‘मदनकृष्ण’ बन्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   7   =