चलचित्र ‘आइ एम जीत बहादुर’ को रोमान्टिक गीत सार्वजनिक

चलचित्र ‘आइ एम जीत बहादुर’ को रोमान्टिक गीत सार्वजनिक

सार्वजनिक गीतको भिडियोमा अभिनेता जीतु नेपाल र प्रियंका कार्की रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्।




काठमाडौँ।
हाल सिनेमा घरमा प्रदर्शनरत चलचित्र ‘आइ एम जीत बहादुर’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। सार्वजनिक तिमी नभए बोलको गीतमा चलचित्रका मुख्य पात्र जीतु नेपाल र प्रियंका कार्की फिचर्ड छन्। सार्वजनिक गीतमा स्वर शिशिर ठटाल र अन्वेशा दत्तको रहेको छ। प्रकाश महतोको शब्द रचना तथा बबी कुमारको संगीत रहेको छ। सार्वजनिक गीतको भिडियोमा अभिनेता जीतु नेपाल र प्रियंका कार्की रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्।

भारतका बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको चलचित्रमा कलाकार बन्न गाउँबाट सहर पुगेर संघर्ष गर्ने एक साधारण युवाको कथालाई प्रस्तुत गरिएको छ । फिल्मले गाउँमा बस्ने सरल, हँसिलो र सपनाले भरिएको विवाहित युवक जितबहादुरको कथा प्रस्तुत गर्छ। गाउँको सानो नाट्य मञ्चबाट अभिनय यात्रा सुरु गर्ने उसको सपना, त्यसलाई साकार पार्न उसले भोग्नुपरेका संघर्ष, चुनौती र जीवनका उतारचढावलाई चलचित्रले मार्मिक ढंगले चित्रण गरेको छ।

चलचित्रमा जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, सारा शर्मा, अंशु महर्जन, पवन खतिवडा, राजन सिम्खडा र मिसेल घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  डेब्यु चलचित्रमै मुख्य भूमिकामा समिया, ‘तीन तिघ्रे क्या बिग्रे’ मा भित्रिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   1   =