‘झिंगे दाउ २’का तीन नयाँ पोस्टर सार्वजनिक, प्रचार अभियान औपचारिक रूपमा सुरु

‘झिंगे दाउ २’का तीन नयाँ पोस्टर सार्वजनिक, प्रचार अभियान औपचारिक रूपमा सुरु

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस चलचित्रमा सुलभ प्रतीक, प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ।

काठमाडौं । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘झिंगे दाउ २’ ले तीन नयाँ पोस्टर सार्वजनिक गर्दै आफ्नो प्रचार अभियान औपचारिक रूपमा सुरु गरेको छ। पोस्टर सार्वजनिकसँगै निर्माण टिमले अब प्रचार–प्रसारलाई थप तीव्र बनाउने जनाएको छ। निर्माण पक्षका अनुसार अब क्रमशः फिल्मका गीत तथा ट्रेलर सार्वजनिक गर्दै दर्शकमाझ पुगिनेछ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस चलचित्रमा सुलभ प्रतीक, प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ। फिल्ममा विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन तथा रोशन श्रेष्ठको एक्सन रहेको छ।

सार्वजनिक तीनवटै पोस्टरले चलचित्रका फरक–फरक पक्षलाई उजागर गरेका छन्। फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अयभराज बराल, उत्तम केसी, शिवहरि वैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान र विनोदकुमार पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ। साथै, मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले विशेष उपस्थितिमा अभिनय गरेका छन्।

परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेको पटकथा तथा संवाद रहेको फिल्ममा विवेक बस्नेत र बिष्णु कल्पितको छायांकन छ। चन्द्रबहादुर भण्डारी र गिरिराज घिमिरे मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्।

सार्वजनिक पोस्टरमध्ये पहिलो पोस्टरमा केकी अधिकारी र आँचल शर्मा हर्षित मुद्रामा देखिएका छन् भने हिउँवाला गौतम, महेश त्रिपाठी र कुशल बिष्ट भावुक अवस्थामा प्रस्तुत भएका छन्। दोस्रो पोस्टरले दशैंको उल्लास झल्काएको छ, जहाँ मुख्य पात्रहरू पर्वको उत्साहमा रमाइरहेको देखिन्छ। यसले चलचित्रको कथामा दशैंको परिवेश पनि महत्वपूर्ण रूपमा समेटिएको संकेत गर्छ।

यो पनि पढ्नुहोस् :  चाम्सको निर्देशनमा मदनकृष्ण श्रेष्ठको जीवनमाथि चलचित्र ‘मदनकृष्ण’ बन्ने

तेस्रो पोस्टरमा आर्यन सिग्देललाई विशेष रूपमा प्रस्तुत गरिएको छ। पोस्टरमा मुख्य चार पात्र अचम्मित मुद्रामा देखिएका छन् भने आर्यनले उनीहरूलाई रोक्न खोजेजस्तो दृश्य प्रस्तुत गरिएको छ। तीनवटै पोस्टरले चलचित्रप्रति दर्शकको जिज्ञासा र उत्साह थप बढाउने अपेक्षा गरिएको छ।

कपनगढी सिनेमा र फिल्म क्रु नेपालको प्रस्तुतिमा निर्माण भएको ‘झिंगे दाउ २’ तीन वर्षअघि प्रदर्शनमा आएको सफल चलचित्र ‘झिंगे दाउ’ को सिक्वेल हो। पहिलो भागले बक्स अफिसमा राम्रो व्यापार गरेकाले यसको दोस्रो श्रृंखलाले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउने विश्वास निर्माण टिमले गरेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   7   =