आई.सि.एम.सि फाइनान्स लिमिटेडद्वारा मानव सेवा आश्रम हेम्जालाई सहयोग हस्तान्तरण

पोखरा।
आई.सि.एम.सि.फाइनान्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका–२५ स्थित मानव सेवा आश्रम, हेम्जा केन्द्रलाई खाद्यान्न सामग्री, भ्याक्युम क्लिनर तथा अन्य सरसफाइका सामग्री हस्तान्तरण गरेको छ।
मानव सेवा आश्रमले असहाय, बेसहारा, बेवारिसे तथा शारीरिक एवं मानसिक रूपमा अशक्त नागरिकहरूको उद्धार, संरक्षण, पालनपोषण तथा सम्मानजनक जीवनयापनका लागि निरन्तर सेवा गर्दै आएकाले उक्त मानवीय अभियानप्रति ऐक्यबद्धता जनाउँदै सहयोग प्रदान गरिएको आई.सि.एम.सि फाइनान्स लिमिटेड पोखरा शाखाका शाखा प्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यमा संस्थाको निरन्तर साथ, सहयोग तथा सहभागिता रहने प्रतिबद्धता व्यक्त गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा शाखा प्रमुख राजन श्रेष्ठ, कर्जा विभाग प्रमुख लक्ष्मी पौडेल, सामान्य प्रशासन विभागकी भूमिका थापा लगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।
हाल मुलुकभर २१ वटा शाखामार्फत अत्याधुनिक वित्तीय सेवा प्रदान गर्दै आएको आई.सि.एम.सि फाइनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक तथा मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाले प्रदान गरेको यस सहयोगबाट मानव सेवा आश्रममा आश्रित १५२ जना बाल गोपाल तथा लक्ष्मीनारायणज्यूहरूको स्वास्थ्य, पोषण, खानपान र सरसफाइ व्यवस्थापनमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21995, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २९, शुक्रबार १७:२८‘पोखरा घर’बाट पाँच सेवा, स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्धनसम्म जोड
समाचार२०८३ श्रावण २९, शुक्रबार १०:३९मोदी खोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
समाचार२०८३ श्रावण २६, मंगलवार २१:२४अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
समाचार२०८३ श्रावण २५, सोमबार ११:३६सुनको मूल्य २ सय रुपैयाँ घट्यो, चाँदी बढ्यो







