पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण धादिङबेसीमा सम्पन्न

धादिङ,१६ असार
नीलकण्ठ नगरपालिकाले पोषणमैत्री स्थानीय शासनको अवधारणालाई वडा तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले वडा स्तरीय खाद्य तथा पोषण सुरक्षा सहजीकरण समितिका पदाधिकारी तथा सरोकारवालाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
नगरपालिकाको आयोजनामा नीलकण्ठ नगरपालिका वडा नं. ३ मा सम्पन्न कार्यक्रममा पोषण सुधार, खाद्य सुरक्षा, बहुक्षेत्रीय समन्वय तथा स्थानीय तहको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रमले पोषणसम्बन्धी नीति तथा कार्यक्रमलाई समुदायस्तरसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक समन्वय, सहकार्य र जिम्मेवारीबारे सहभागीहरूलाई जानकारी गराएकोे थियो ।

वडा नं. ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि शाखा तथा पशु विकास शाखाका प्रमुखहरु, वडा सदस्यहरू, वडा कार्यालयका कर्मचारी, टोल विकास संस्था महासंघका प्रतिनिधिहरू, एवं प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविकाहरू, विद्यालय नर्स लगायतको सहभागिता रहेको थियो ।कार्यक्रममा नीलकण्ठ नगरपालिकाका वरिष्ठ जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद रिजालले सहजीकरण गर्दै पोषणमैत्री स्थानीय शासनको अवधारणा, यसको आवश्यकता, स्थानीय तहको जिम्मेवारी तथा बहुक्षेत्रीय समन्वयमार्फत कुपोषण न्यूनीकरणका उपायबारे सहजिकरण गर्नुभएको थियो ।

उहाँले पोषण सुधार स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी नभई कृषि, पशुपालन, शिक्षा, खानेपानी तथा सरसफाइ, सामाजिक विकासलगायत सबै क्षेत्रको साझा दायित्व भएको उल्लेख गर्दै स्थानीय सरकारको सक्रिय नेतृत्व र समुदायको सहभागिताबाट मात्र पोषणमैत्री समाज निर्माण सम्भव हुने बताउनुभयो। नीलकण्ठ नगरपालिकाले पोषणमैत्री स्थानीय शासन प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै विभिन्न वडा तथा समुदायस्तरमा यस्ता अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार १६, मंगलवार १९:११पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण धादिङबेसीमा सम्पन्न
खेलकुद२०८३ असार १६, मंगलवार १४:५७‘हामीभन्दा साना देशले तहल्का मच्चाउँदा हाम्रो फुटबल भने प्रतिबन्धको भुमरीमा’– ओली
कला, विचार/मनोरञ्जन२०८३ असार १६, मंगलवार १२:१६‘कंगाल करोडपति’मा मुकुन भुसालको जोडी बनिन् सलिना
सूचना-प्रविधि२०८३ असार १६, मंगलवार १०:२५ इक्यान र आइप्यानबीच रणनीतिक साझेदारी: ‘स्टडी इन नेपाल’ अभियानलाई संयुक्त रूपमा अगाडि बढाइने








