७१ जिल्लामा फैलियो डेंगुको प्रकोपः हजार बढी संक्रमित

७१ जिल्लामा फैलियो डेंगुको प्रकोपः हजार बढी संक्रमित

काठमाडौँ । नेपालमा मनसुनको सुरुवातसँगै डेंगु सङ्क्रमणको ग्राफ चिन्ताजनक रूपमा उकालो लाग्न थालेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो अद्यावधिक विवरणअनुसार गत पुस १७ गतेयता मात्रै देशभर एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ।
तीव्र गतिमा फैलिरहेको यो संक्रमणका कारण हालसम्म दुई जनाले ज्यान गुमाइसकेका छन् भने देशका ७१ जिल्ला यसको चपेटामा परेका छन्।भौगोलिक रूपमा झापा, सुनसरी, काठमाडौँ, कास्की, चितवन, ओखलढुङ्गा, मकवानपुर र पाल्पा डेंगुबाट सबैभन्दा बढी प्रभावित बनेका छन्। कोशी र बागमती उच्च जोखिममा रहेको तथ्याङ्क छ ।

चिकित्सकहरूका अनुसार डेंगु लाग्दा सुरुवाती चरणमा ज्वरो आउने, शरीर र टाउको दुख्ने तथा अत्यधिक कमजोरी महसुस हुने गर्दछ। यस्तो बेला पर्याप्त मात्रामा झोलिलो खानेकुरा खानु र चिकित्सकको सल्लाहमा मात्र औषधि उपचार गर्नु बुद्धिमानी हुन्छ।
यदि बिरामीमा अत्यधिक पेट दुख्ने, रक्तश्राव हुने, कडा कमजोरी महसुस हुने वा बेहोस हुने जस्ता गम्भीर लक्षण देखिएमा ढिला नगरी तत्काल नजिकैको स्वास्थ्य संस्थामा लैजान स्वास्थ्यकर्मीहरूले विशेष आग्रह गरेका छन्।
सङ्क्रमणको संवेदनशीलतालाई मध्यनजर गर्दै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा डेंगु नियन्त्रण र निगरानीका लागि विशेष बजेट विनियोजन गरेको छ। लामखुट्टेको बासस्थान नै सङ्क्रमणको मुख्य स्रोत भएकाले यसको चक्र रोक्न देशव्यापी रूपमा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिने सरकारी योजना रहेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   9   =