‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो

अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको यो चलचित्र पोस्ट-प्रोडक्सनको अन्तिम चरणमा छ
काठमाडौं । आगामी भदौ २६ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूलाई समेट्दै विवाहपूर्वको हल्दी समारोह (हल्दी डे) को आकर्षक झलक प्रस्तुत गरिएको छ।
पोस्टरको केन्द्रमा अभिनेता दिल श्रेष्ठ हल्दी समारोहमा रमाइरहेको अवस्थामा देखिन्छन्। उनीसँगै मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठ पनि उल्लासपूर्ण माहोलमा प्रस्तुत छन्।
हल्दी समारोहका लागि आकर्षक ढंगले सजाइएको सेट, सहभागीहरूको पहिरन र खुसीयालीले सम्पन्न तथा प्रतिष्ठित परिवारमा विवाहको तयारी भइरहेको संकेत गर्छ। पोस्टरमा नम्रता श्रेष्ठको हातमा हुनेवाला दुलाहालाई बधाई दिन ल्याइएको फूलको बुके देखिन्छ भने, मदनकृष्ण श्रेष्ठ ह्विलचेयरमा प्रस्तुत भएकाले उनको पात्र शारीरिक रूपमा अशक्त रहेको अनुमान गर्न सकिन्छ।
समग्रमा पोस्टरले चलचित्रलाई पूर्ण पारिवारिक भावनाले भरिएको फेमिली ड्रामा रूपमा प्रस्तुत गरेको छ। साथै, सपरिवार हलमा आएर चलचित्र हेर्न दर्शकलाई प्रेरित गर्ने प्रयास पनि पोस्टरमार्फत गरिएको छ।
अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको यो चलचित्र हाल पोस्ट-प्रोडक्सनको अन्तिम चरणमा रहेको छ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा छन्। विशेष भूमिकामा पूर्व मिस नेपाल उषा खड्गीको अभिनय रहेको छ। साथै लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतका कलाकारको पनि अभिनय रहेको छ।
दिया एण्ड अमु फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन्। सुमधुर प्रेमकथामार्फत सामाजिक सम्बन्ध, पारिवारिक भावना र समकालीन परिवेशलाई प्रस्तुत गर्ने लक्ष्य राखिएको यस चलचित्रको पटकथा ध्रुव लम्सालले लेखेका हुन्।
चलचित्रमा सुदीप बरालको छायांकन, अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, प्रशान्त सिवाकोटीको संगीत, सुजेनी मल्लको पोशाक डिजाइन, प्रिया कार्कीको मेकअप तथा चुडामणि (सीएम) प्रोडक्सन व्यवस्थापनमा रहेका छन्। देशभर चलचित्रको वितरण रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २७, शनिबार १२:३६‘माया भनेकै यस्तो होला’को पोस्टर सार्वजनिक, दिलको हल्दी डे झल्कियो
खेलकुद२०८३ असार २७, शनिबार ०६:५९स्पेन फिफा विश्वकपको सेमिफाइनलमा « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार २२:४८गणेशका परिवारलाई मिलापत्र गर्न काठमाडौँ सिडिओको दबाब
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार २६, शुक्रबार १५:३५उपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वान









