राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा

दाङ, १० साउन । तुलसीपुरको प्रमुख पर्यटकीयस्थल राप्ती शान्ति उद्यानको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले अब शनिबारका दिनमा निःशुल्क रूपमा आँखा जाँच सेवा पाउने भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरमा अवस्थित सो उद्यान अवलोकन गर्न आउने बाह्य तथा आन्तरिक पर्यटकले राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोग तथा राप्ती शान्ति उद्यानको साझेदारीमा पर्यटकले निःशुल्क आँखा उपचार सेवा पाउने भएका हुन् ।

साप्ताहिक आँखा उपचार केन्द्रको शनिबार उद्घाटन गरिएको छ । सो अवसरमा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गिरीले राप्ती शान्ति उद्यानमा विशेषगरी शनिबार आउने पर्यटकका लागि आँखा उपचार सेवा प्रवाह गर्न पहिलोपटक साप्ताहिक रूपमा साझेदारीमा आँखा उपचार सेवा सुरु गरेको बताए । अध्यक्ष गिरीले आँखा उपचार केन्द्रमा आउने बिरामीको निःशुल्क आँखा जाँच गरिनुका साथै मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी फेलापरेमा अस्पतालले ५० प्रतिशत छुटमा शल्यक्रिया गर्ने व्यवस्था मिलाएको बताए ।

उद्यान समितिका अध्यक्ष सुधीर केसीले पर्यटकले पार्क अवलोकनसँगै निःशुल्क आँखा जाँच गराउने अवसर पाउनु खुसीको कुरा भएको बताए । उनले शनिबार उद्यानमा तीन हजार बढी पर्यटक आउने गरेको जानकारी दिए । उद्यानमा स्थापना गरिएको साप्ताहिक आँखा उपचार केन्द्रबाट अब प्रत्येक शनिबार बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म आँखा जाँच सेवा सञ्चालन ग्रिने राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा ढिलाइप्रति सांसद कार्कीको ध्यानाकर्षण
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   9   =