सरकार र चिकित्सक सङ्घबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता भएसँगै देशभरका अस्पतालमा सेवा नियमित

सरकार र चिकित्सक सङ्घबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता भएसँगै देशभरका अस्पतालमा सेवा नियमित

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै आज (बिहीबार) देखि देशभरका अस्पतालहरूमा नियमित स्वास्थ्य सेवा सञ्चालनमा आएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधि र आन्दोलनरत चिकित्सक सङ्घका प्रतिनिधिबीच बुधबार साँझ भएको वार्तामा पाँचबुँदे सहमति जुटेपछि अस्पतालहरूले ओपिडी (बहिरङ्ग) सहितका सम्पूर्ण सेवा पुनः सुचारु गरेका हुन्।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको साङ्घातिक आक्रमणको विरोधमा उत्रिएका चिकित्सकहरूले सुरक्षाको ग्यारेन्टी र दोषीमाथि कारबाहीको माग राख्दै आन्दोलन घोषणा गरेका थिए। सङ्घको आह्वानमा मङ्गलबार र बुधबार दुई दिन देशभरका अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प हुँदा बिरामीहरू मर्कामा परेका थिए।

वार्तामा सरकारले चिकित्सकको सुरक्षा, दोषीमाथि कानुनी कारबाही र कार्यस्थलको वातावरण सुरक्षित बनाउने प्रतिबद्धता जनाएपछि सङ्घले विरोधका सबै कार्यक्रम स्थगित गरेको जनाएको छ।

सहमतिसँगै दुई दिनदेखि प्रभावित बनेको उपचार सेवा सामान्य अवस्थामा फर्किएको छ भने देशभरका सरकारी तथा निजी अस्पतालहरूमा बिरामीले नियमित स्वास्थ्य सेवा पाउन थालेका छन्।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  किन बढ्छ मनसुनजन्य रोगको जोखिम ? « रिपोर्टर्स नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   4   =