भयरथान टोल विकास संस्थाको अध्यक्षमा पुनः सुरज प्रकाश भुजेल सर्वसम्मत

पोखरा । पोखरा महानगरपालिका–१७ स्थित भयरथान टोल विकास संस्थाको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनबाट सुरज प्रकाश भुजेल पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
निर्वाचन समितिका संयोजक मोहनलाल पौडेल, सहसंयोजक अधिवक्ता बेदप्रसाद अधिकारी र सदस्य राममाया कुँवरको संयोजनमा सम्पन्न निर्वाचनबाट सुरज प्रकाश भुजेलको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।
समितिको उपाध्यक्षमा टिका कार्की, सचिवमा गोविन्दप्रसाद लामिछाने, सहसचिवमा आकृति थापा, कोषाध्यक्षमा अनिलकुमार विश्वकर्मा तथा सदस्यहरूमा माया अधिकारी राई, सीता परियार, जमुना अधिकारी, सुनु तामाङ थिङ, विक्रम नेपाली र निर्मला परियार चयन भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि पाेखरा वडा नम्वर १७ का वडा सदस्य बिक्रम गुरुङले टोलको विकास र सामाजिक एकताका लागि सबैको सहकार्य आवश्यक रहेको बताउँदै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा–१७ उपशाखाका सभापति एवं छोरेपाटन टोल सुधार समितिका उपाध्यक्ष लक्ष्मी अधिकारी, सिद्धार्थ नमुना टोल विकास संस्था तथा दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद अधिकारी, भुजेल समाज पाेखरा महानगर समितिका अध्यक्ष लिलबहादुर जि.सी., महिला जागरण समितिकी कोषाध्यक्ष उर्मिला जी.टी. भुजेल, बेलधारी टोल विकास संस्थाका अध्यक्ष बुद्धिबहादुर कार्की, शितल चौतारी टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद बराल, संगम टोल विकास संस्थाका अध्यक्ष खड्गबहादुर शाही, पुलचोक टोल विकास संस्थाका अध्यक्ष कृष्णबहादुर खड्का, डेबिजफल क्लबका सचिव गणेश जी.सी. तथा छोरेपाटन प्रहरी चौकीका प्रमुख गौतम श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
संस्थाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, विशेष अतिथि, निर्वाचन समिति, टोलवासी, स्वयंसेवक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै सबैको साथ, सहयोग र एकताले टोललाई अझ समृद्ध, व्यवस्थित र नमुना समुदायका रूपमा विकास गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22258, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण १७, आईतवार १७:११भयरथान टोल विकास संस्थाको अध्यक्षमा पुनः सुरज प्रकाश भुजेल सर्वसम्मत
समाचार२०८३ श्रावण १६, शनिबार २२:१९भुजेल समाज वडा–२४ इकाईकाे अध्यक्षमा बलबहादुर भुजेल
समाचार२०८३ श्रावण १६, शनिबार २२:०५शिक्षा र स्वास्थ्य अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड
समाचार२०८३ श्रावण १५, शुक्रबार ०६:२८लायन्स क्लब अफ पोखरा बाराही टाउनद्वारा तीनदिने हस्तकला तालिम सम्पन्न






