लायन राजाराम रिजाल सम्मानित

धादिङबेँसी, १७ साउन। लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीका अध्यक्ष लायन राजाराम रिजाल लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ‘आई’ को प्रथम क्याबिनेट बैठकमा सम्मानित भएका छन्। क्लबको ड्युज समयमै भुक्तानी गरी डिस्ट्रिक्टलाई महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो।
काठमाडौंस्थित नेपाल पुलिस क्लबको सभाहलमा आयोजित क्याबिनेट बैठकमा सोही क्लबका कोषाध्यक्ष लायन बेदनाथ दनैलाई पनि सम्मान गरिएको थियो। क्लबको आर्थिक दायित्व समयमै पूरा गर्न अध्यक्ष र कोषाध्यक्षले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गर्दै डिस्ट्रिक्टले सम्मान प्रदान गरेको जनाइएको छ।
लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ‘आई’ अन्तर्गतको जोन ९ मा धादिङ क्षेत्रमा चारवटा लायन्स क्लब सक्रिय छन्। लायन्स क्लब अफ धादिङ भैरवी, लायन्स क्लब अफ काठमाडौं सूर्यमुखी, लायन्स क्लब अफ धादिङ मण्डली र लायन्स क्लब अफ धादिङ हाइट जोन ९ अन्तर्गत क्रियाशील रहेका छन्।
धादिङमा सक्रिय यी चार क्लबमध्ये लायन्स क्लब अफ काठमाडौं सूर्यमुखी मात्रै Rapid Dues Clrarance बाट यस वर्षको प्रथम क्याबिनेट बैठकबाट सम्मानित भएको हो। बैठकमा डिस्ट्रिक्टअन्तर्गतका क्लबहरूको गतिविधि, आर्थिक दायित्व तथा संस्थागत योगदानको समीक्षा गरिएको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १९:१२नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत
समाचार२०८३ आश्विन १९, सोमबार १८:५२भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १९, सोमबार १५:५५बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार १३:२३आईआईएफटी स्पेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट








