इन्फा अवार्ड–२०२६ : बेलायतबाट आयोजक टोली काठमाडौं आइपुग्यो

काठमाडौं । आगामी साउन ३० गते काठमाडौंमा हुने तेस्रो संस्करणको अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड–२०२६) को तयारी अन्तिम चरणमा पुगेको छ।
अवार्ड समारोहका लागि बेलायतस्थित आयोजक संस्था इन्फा इभेन्ट्स यूकेको टोली बुधबार साँझ काठमाडौं आइपुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इन्फा नेपालका पदाधिकारी तथा सदस्यहरूले टोलीलाई स्वागत गरेका छन्।
बेलायतबाट आएको टोलीमा इन्फा इभेन्ट्स यूकेका अध्यक्ष उमेशराज मोक्तान तथा बोर्ड निर्देशक टंक भट्टराई, आशिषराज पन्त, राज पाण्डे र सुष्मा पौडेल रहेका छन्। उनीहरूले समारोहको व्यवस्थापन, अतिथि समन्वय, प्राविधिक तयारी तथा कार्यक्रम सञ्चालनसँग सम्बन्धित कामलाई अन्तिम रूप दिनेछन्।
काठमाडौंमै रहेका इन्फा इभेन्ट्स यूकेका बोर्ड निर्देशक पाल्देन लामा तथा इन्फा नेपालका अध्यक्ष सुनील श्रेष्ठसहितको टोलीले उनीहरूलाई स्वागत गरेको हो।
सुनील श्रेष्ठको नेतृत्वमा इन्फा नेपालको टोलीले कलाकार समन्वय, मञ्च निर्माण, प्राविधिक तयारी तथा अन्य व्यवस्थापकीय काम गरिरहेको आयोजकले जनाएको छ।
आयोजकका अनुसार समारोहमा स्वदेश तथा विदेशका कलाकार, फिल्मकर्मी, निर्माता, निर्देशक, प्राविधिक, सञ्चारकर्मी र विशिष्ट अतिथिको सहभागिता रहनेछ। कार्यक्रममा रेड कार्पेट, सांगीतिक प्रस्तुति, विशेष सम्मान तथा विभिन्न विधामा उत्कृष्ट फिल्मकर्मीलाई अवार्ड प्रदान गरिनेछ।
नेपाली फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको इन्फा अवार्डको यो संस्करण पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २१, बिहीबार १६:२४नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
समाचार२०८३ श्रावण २१, बिहीबार १२:१५साउनभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न जनस्वास्थ्य कार्यालय धादिङको आग्रह
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २०, बुधबार २२:२१‘मन बिनाको धन–२’मा मदनकृष्णको इन्ट्री, अभिनयसँगै गीत पनि गाउने
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २०, बुधबार २२:१८इन्फा अवार्ड–२०२६ : बेलायतबाट आयोजक टोली काठमाडौं आइपुग्यो









