सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

धादिङका घटनालाई उदाहरण दिँदै चालकको स्वास्थ्य र मानसिक अवस्थालाई पनि यातायात सुरक्षासँग जोड्न आग्रह
काठमाडौँ, २५ साउन । सार्वजनिक सवारी साधनका चालकको स्वास्थ्य अवस्थाका कारण हुन सक्ने दुर्घटना जोखिम न्यूनीकरण गर्न हरेक छ महिनामा अनिवार्य स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउन धादिङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य बोधनारायण श्रेष्ठले सरकारसँग माग गर्नुभएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले सार्वजनिक यातायातको सुरक्षाका लागि सवारी साधनको यान्त्रिक अवस्था मात्र नभई चालकको शारीरिक तथा मानसिक स्वास्थ्यसमेत नियमित परीक्षण गर्नुपर्ने बताउनुभयो।
उहाँले साउन २३ गते शनिबार धादिङमा भएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै १८ जना कानुन व्यवसायी सवार ईभी माइक्रोबसका चालकलाई सवारी चलाइरहेकै अवस्थामा हृदयघात भएको जानकारी गराउनुभयो। चालकले गाडी सुरक्षित रूपमा रोक्न सफल भएकाले यात्रुहरू सकुशल रहे पनि चालकको निधन भएको उहाँले उल्लेख गर्नुभयो।
यस्ता घटनाबाट पाठ सिक्दै सार्वजनिक यातायातका चालकको हरेक छ महिनामा अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने, परीक्षणसम्बन्धी विवरण डिजिटल अभिलेखमा सुरक्षित राख्नुपर्ने र चालकहरूका लागि नियमित मनोसामाजिक परामर्शको व्यवस्था गर्नुपर्ने उहाँको माग छ।
यसैगरी बिरामी भएका चालकलाई पूर्ण स्वास्थ्य परीक्षण गरी सवारी चलाउन योग्य रहेको पुष्टि भएपछि मात्र पुनः सवारी सञ्चालन गर्न दिने कानुनी तथा व्यावहारिक व्यवस्था आवश्यक रहेको सांसद श्रेष्ठले बताउनुभयो।
यातायात व्यवसायीसँग सहकार्य गरी चालकको स्वास्थ्य परीक्षणसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसद श्रेष्ठले धादिङमा निधन भएका चालकप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गर्नुभएको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २६, मंगलवार १०:५१वर्षा राउत ‘म मदनकृष्ण’मा भित्रिइन्
समाचार२०८३ श्रावण २५, सोमबार २०:५०आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह
कला, विचार/मनोरञ्जन२०८३ श्रावण २५, सोमबार २०:०६‘पार्वती’को ‘मेरो दिदी’ सार्वजनिक, नीता र अशोकको भावुक अभिनय
समाचार२०८३ श्रावण २५, सोमबार १९:४०सार्वजनिक सवारीका चालकको छ–छ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग








