‘ककाकिकी’को शीर्ष गीतमा अर्जुन सापकोटाको स्वर » Celebrity Nepal

काठमाडौं । लोकप्रिय गायक अर्जुन सापकोटाले फिल्मी गायनमा डेब्यु गरेका छन्। आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ककाकिकी’को शीर्ष गीत गाउँदै उनले फिल्मी गायनमा प्रवेश गरेका हुन्।
अर्जुनकै संगीत तथा हुकलाइन रहेको गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको छ। गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन्। गीतको भिडियोको छायांकनसमेत सम्पन्न भइसकेको निर्देशक विक्की अगरवालले जानकारी दिएका छन्।
गत बुधबार जर्सिङ पौवामा छायांकन गरिएको गीतको भिडियो फिल्मकै कथाअनुसार गाउँमा भइरहेको सेलिब्रेसनको दृश्यमा समावेश गरिएको छ। भिडियोमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, खड्गबहादुर पुनमगरलगायत कलाकार फिचर्ड छन्।
भिडियोमा गायक अर्जुन सापकोटाले पनि नृत्य गरेका छन्। उनीसँगै पवित्रा शाकी (मिस पवि), सजिना खनाल र निश्चल खड्काले नृत्य गरेका छन्। भिडियोको कोरियोग्राफी मिग्मा डी लेप्चाले गरेका हुन्।
निर्देशक अगरवालका अनुसार फिल्मको पोस्ट प्रोडक्सनको काम अन्तिम चरणमा पुगेको छ। शीर्ष गीत यही साताको अन्त्यतिर सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताए।
फिल्ममा दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय छ।
फिल्मको डीओपी सुदीप बराल हुन्। पटकथा निर्देशक अगरवालसँगै सरोज भण्डारी र विकास अर्यालले लेखेका हुन्। श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको फिल्म ‘ककाकिकी’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक १९, बुधबार १९:००नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी
समाचार२०८३ कार्तिक १९, बुधबार १८:४०शंखादेवी माविको अध्यक्षमा ठकुरी निर्वाचित
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक १९, बुधबार १२:४२गायक, गीतकार तथा संगीतकार डिबी गुरुङ » Celebrity Nepal
सूचना-प्रविधि२०८३ कार्तिक १८, मंगलवार २१:२७नि:शुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन









