प्रदीप खड्का र सनिशाको जोडी लिएर ‘शुभ विवाह’ घोषणा

काठमाडौं । सुदर्शन थापाको निर्देशनमा नयाँ नेपाली फिल्म ‘शुभ विवाह’को घोषणा भएको छ। निर्माण टिमले बिहीबार पत्रकार सम्मेलनमार्फत फिल्मका मुख्य कलाकार तथा प्राविधिक टिमको जानकारी दिएको हो। सोही कार्यक्रममा फिल्मको ब्यानरसमेत घोषणा गरिएको छ। फिल्म प्रियादर्शन फिल्म्सको ब्यानरमा निर्माण हुनेछ।
फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा देखिनेछन्। उनीहरूसँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्दकिशोर भट्टराई, कृष्ण ढुंगाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईं, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यको अभिनय रहनेछ।
यसअघि निर्देशक थापा र अभिनेता खड्काले फिल्म ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। उक्त फिल्म सफल मानिन्छ।
सुप्रिया कटुवालको निर्माण तथा साम भुजेलको कार्यकारी निर्माण रहने फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन्। पटकथा तथा संवाद रामशरण पाठकको रहेको छ।
फिल्ममा अर्जुन पोखरेलको संगीत तथा रेभन आरती सिंहको पाश्र्व संगीत रहनेछ। राजेश श्रेष्ठ डीओपी रहेको फिल्मको सम्पादन मिलन श्रेष्ठले गर्नेछन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानको रहनेछ। फिल्मका नृत्य निर्देशक विक्रम स्वार हुन् भने ट्रेलर सम्पादन साहिल खानले गर्नेछन्।
बसन्त अधिकारी (प्रमुख), साजन कट्टेल र प्रार्थना पाठक सह–निर्देशक रहेका छन्। फिल्मको ध्वनि मनोज लामा, कला निर्देशन रोशन दिवाना र प्रोडक्सन म्यानेजर सुदीप ढकालले सम्हाल्नेछन्।
फिल्मको शृङ्गार सरोज पाण्डे, हेयर डिजाइन सरस्वती श्रेष्ठ र ‘बिहाइन्ड द सिन्स’को जिम्मेवारी निरज पन्थीले सम्हाल्नेछन्। कानुनी सल्लाहकार विराज ढुंगाना, लेखापरीक्षक भेष ढकाल तथा एजेन्सीको जिम्मेवारी प्रसुन तिमिल्सिना (कार्यालय)ले सम्हाल्नेछन्।
फिल्मका लागि पोसाक सुशीला केसी (लगन बुटिक) र आकृति पन्त (सेन्ट्रल फेसन एकेडेमी)ले तयार पार्नेछन्। पब्लिसिटी डिजाइन तथा पोस्टर निर्माण आनन्द महर्जनले गर्नेछन्। कम्पनी लोगो एनिमेसन मनोज श्रेष्ठ र फिल्मको टिजर एनिमेसन अनन्त घिमिरेले गर्नेछन्। डेकोर पार्टनरका रूपमा गरिमा फ्लोरिस्ट रहेको छ।
रोमान्टिक कथावस्तुमा आधारित फिल्मको छायांकन छिट्टै सुरु गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ। फिल्म आगामी फागुन २१ गतेदेखि नेपालभर प्रदर्शनमा आउनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १०, शनिबार २०:४९पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह
समाचार२०८३ आश्विन १०, शनिबार १६:३२देश रोएका बेला परदेश बस्न नसक्ने एनआरएनए उपाध्यक्ष लोकप्रसाद दाहाल
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ११:०६अर्घाखाँचीमा अत्याधुनिक चलचित्र भवन ‘जय सन्तोषी माँ’ सञ्चालनमा
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १०, शनिबार ०९:३५‘मिस्टर एण्ड मिस लिटिल कोशी’को उपाधि विराटनगरकी श्रीप्रिया अग्रवालले जितिन्









