गण्डकीका नौ जिल्लामा डेंगी फैलियो « रिपोर्टर्स नेपाल

पोखरा । यस वर्ष गण्डकी प्रदेशका नौ जिल्लामा डेंगीको सङ्क्रमण देखिएको छ । गत मंगलबारसम्म ८३९ जनामा सङ्क्रमण पुष्टि भएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
सबैभन्दा बढी बागलुङमा ३६६, कास्कीमा २२२, गोरखामा ९९, तनहुँ ६४, म्याग्दी ३३, पर्वत २१, लमजुङ १७, स्याङ्जा १३ र नवलपुरमा चार जनामा डेंगी संक्रमण पुष्टि भएको हो ।
हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा अहिलेसम्म डेंगी संक्रमित नभेटिएको केन्द्रका जनस्वास्थ्य अधिकृत पार्वती ढुंगानाले बताइन् । अधिकांश डेंगी संक्रमित बागलुङ नगरपालिका र पोखरा महानगरपालिकामा रहेको उनको भनाइ छ।
बागलुङ नगरपालिकामा ३५९ र पोखरा महानगरपालिकामा २१३ जनामा संक्रमण देखिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका प्रमुख प्रवीण शर्माले डेंगी संक्रमण रोक्न ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको बताए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ भाद्र २०, शनिबार २१:३४खप्तड फाल्कोन्सलाई सोझो सेटमा हराउँदै सगरमाथाले निकाल्याे दोस्रो जित
समाचार२०८३ भाद्र २०, शनिबार १८:३८भोटेकोसी बाढीमा ज्यान गुमाएका परिवारलाई नीलकण्ठ नगरपालिकाको ४० हजार राहत
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २०, शनिबार १२:२३‘गौँथली’ ले मनायो प्रदर्शनको ५१औँ दिन » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २०, शनिबार १२:०८१ हजार ३ सय ४२ जनाको शव फेला « रिपोर्टर्स नेपाल









