चलचित्र ‘ककाकिकी’ को शीर्ष गीत सार्वजनिक » Celebrity Nepal

चलचित्र ‘ककाकिकी’ को शीर्ष गीत सार्वजनिक » Celebrity Nepal

‘ककाकिकी’को सार्वजनिक गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको छ ।

काठमाडौं । आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत चलचित्रको गीत सार्वजनिक गरेको हो ।

‘ककाकिकी’को सार्वजनिक गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको छ । गीतमा अर्जुन सापकोटाकै संगीत तथा हुकलाइन रहेको छ भने शब्द सन्तोष सापकोटाले लेखेका हुन् । सार्वजनिक गीतले गाउँघरको उत्सव, रमाइलो र सामूहिक सेलिब्रेसनको माहोललाई प्रस्तुत गरेको छ ।

गीतको भिडियोमा चलचित्रका कलाकारहरू गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, खड्गबहादुर पुनमगर लगायतलाई देख्न सकिन्छ । भिडियोमा गायक अर्जुन सापकोटा सहित पवित्रा शाकी (मिस पवि), सजिना खनाल र निश्चल खड्काले पनि नृत्य गरेका छन् । गीतको कोरियोग्राफी मिग्मा डि लेप्चाले गरेका हुन् ।

चलचित्रका निर्देशक बिक्की अग्रवालका अनुसार गीतले फिल्मको कथाको ग्रामीण परिवेश र उत्सवमय वातावरणलाई प्रतिनिधित्व गर्छ । सार्वजनिक गीतले चलचित्रप्रति दर्शकको उत्सुकता थप बढाउने निर्माण पक्षको विश्वास छ ।

चलचित्रमा दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।

सुदिप बरालको छायांकन रहेको चलचित्रको पटकथा निर्देशक अगरवालसँगै सरोज भण्डारी र विकास अर्यालले लेखेका हुन् । चलचित्रको श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता हुन् । चलचित्रलाई सेभेन सिज इन्टरनेशनल फिल्मसले वल्र्डवाइड रिलिज गर्दैछ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  दयाहाङ राई » Celebrity Nepal
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   6   =