सुनचाँदी व्यवसायलाई व्यवस्थित र सुरक्षित बनाउन जोड

सुनचाँदी व्यवसायलाई व्यवस्थित र सुरक्षित बनाउन जोड

धादिङबेशी, ६ भदौ : धादिङमा सम्पन्न नेपाल सुनचाँदी कला व्यवसायी संघ जिल्ला शाखाको १९औँ वार्षिक साधारणसभा तथा सातौँ जिल्ला अधिवेशनमा सुनचाँदी व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा जोड दिइएको छ।

अधिवेशनको खुला सत्रमा व्यवसायको सुरक्षा, नेपाली कालिगडको सीप संरक्षण, अवैध सुन कारोबार नियन्त्रण र व्यवसायमैत्री नीति निर्माणका विषयमा छलफल भएको हो।

संघका केन्द्रीय अध्यक्ष बालकृष्ण विश्वकर्माले सुनचाँदीलाई विलासिताको वस्तुका रूपमा मात्र नभई सम्पत्तिका रूपमा समेत परिभाषित गर्न सरकारसँग माग गर्नुभयो। उहाँले सुनचाँदी व्यवसाय सञ्चालनका लागि स्पष्ट निर्देशिका र कार्यविधि आवश्यक रहेको बताउनुभयो। नेपाली कालिगडको सीप संरक्षण र प्रवर्द्धनका लागि जिल्लाजिल्लामा सीप विकास कार्यक्रम सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो।

उहाँले खुला सीमाबाट हुने अवैध कारोबार, उच्च भन्सार र कच्चा पदार्थको आपूर्तिमा देखिएको समस्याले वैध व्यवसायी प्रभावित भएको बताउनुभयो। व्यवसायीलाई बिल–बिजकसहित मात्र सुन तथा गहना ओसारपसार गर्न र ५० हजार रुपैयाँभन्दा माथिको कारोबार बैंकिङ माध्यमबाट गर्न उहाँले आग्रह गर्नुभयो।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले व्यवसायीलाई सुरक्षा प्रणाली बलियो बनाउन, सीसीटीभी जडान गर्न र कारोबारको अभिलेख सुरक्षित राख्न आग्रह गर्नुभयो। सोहि समारोहमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काले शंकास्पद कारोबारबारे प्रहरीलाई तत्काल जानकारी गराउन आग्रह गर्नु भयो ।

संघका जिल्ला अध्यक्ष रमेश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्मा, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्मा र धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटी लगायतको आतिथ्यता रहेको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   2   =