प्रिमियर लिगमा आर्सनलको विजयी शुरुवात

काठमाडौं, भदौ ६ । साविक विजेता आर्सनलले इंग्लिस प्रिमियर लिगमा विजयी शुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा कोभेन्ट्री सिटीलाई ३-० गोलले हराउँदै आर्सनलले सहज जित निकालेको हो ।
इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनललाई जित दिलाउन काइ हाभेर्ट्ज, बुकायो साका र मार्टिन ओडेगार्डले समान एक/एक गोल गरे । खेलको १५ औँ मिनेटमा हाभेर्ट्जले गोल गर्दै आर्सनललाई शुरुवाती अग्रता दिलाएका थिए ।
२३ औँ मिनेटमा साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । ४९ औँ मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई सहज जिततर्फ अगाडि बढाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा आर्सनल ३-० गोलले विजयी भएको हो । जितसँगै आर्सनलले तीन अंक जोडेको छ । आजपनि लिगमा ६ खेल हुँदैछ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १९:१२नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत
समाचार२०८३ आश्विन १९, सोमबार १८:५२भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १९, सोमबार १५:५५बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार १३:२३आईआईएफटी स्पेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट









