राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन्: प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले आज नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ।
बिहीबार प्रभावित क्षेत्रको अवस्था स्वयं अवलोकन गरी काठमाडौँ फर्किनुभएका प्रधानमन्त्री शाहले प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिनुभएका टोलीसँग प्रत्यक्ष जानकारी लिनुभएको छ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रभावित क्षेत्रको अवस्था अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको जानकारी दिनुभएको छ।
उहाँका अनुसार सरकारको पहिलो प्राथमिकता एक–एक नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पुर्याउनु रहेको बताउनु भएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ११, बिहीबार २१:०६कालोबजारी र कृत्रिम अभाव नगर्न नेत्रावती डबजोङको आग्रह
समाचार२०८३ भाद्र ११, बिहीबार २०:१९राहत तथा उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन्: प्रधानमन्त्री
समाचार२०८३ भाद्र ११, बिहीबार १२:२९जाल्पादेवी महिला उद्धार समूहको २८औँ साधारण सभा तथा तीज विशेष कार्यक्रम सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ११, बिहीबार ०८:२५रसुवा बाढी प्रभावित क्षेत्रमा ८ ट्रक राहत सामग्री पठाइयो








