बाढीले बगाएको सेफ तोडफोड गरेको आरोपमा धादिङमा २९ जना पक्राउ

बाढीले बगाएको सेफ तोडफोड गरेको आरोपमा धादिङमा  २९ जना पक्राउ

धादिङ, १३ भदौ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको पैसा राख्ने सेफ तोडफोड गरी नगद निकालेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट रु ९२ लाख ६८ हजार ५०५ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार भदौ १० गतेको बाढीले बगाएर ल्याएको उक्त सेफ गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको थियो । स्थानीय व्यक्तिले सेफ तोडफोड गरी भित्र रहेको नगद निकालेको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी परिचालन गरी छानबिन गर्दा प्रारम्भिक अनुसन्धानका क्रममा २९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका व्यक्तिको खानतलासी गर्दा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । सेफमा सुरुमा कति रकम थियो भन्ने यकिन नभएकाले बरामद रकमको स्रोत र घटनामा संलग्न हुनसक्ने अन्य व्यक्तिबारे अनुसन्धान जारी रहेको छ ।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिमाथि थप अनुसन्धान गरी घटनामा संलग्नता र बरामद रकमबारे कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।

बाढीले बगाएको सेफ तोडफोड गरेको आरोपमा धादिङमा  २९ जना पक्राउ

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  शव संकलन तथा खोजी कार्यका लागि विशेष टोली परिचालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   4   =