भोटेकोशी बाढीमा १ हजार २५२ जनाको शव फेला

भोटेकोशी बाढीमा १ हजार २५२ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार मध्याह्न १२ बजे जारी गरेको बुलेटिनअनुसार बाढीमा बेपत्ता भएकामध्ये १ हजार २५२ जनाको शव फेला परेको हो ।

प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ जनाको शव फेला परेको छ ।

बाढीमा परी अझै ४ हजार २१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।

त्यस्तै, बाढीमा परी ५ हजार १३५ जना घाइते भएका छन् ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22515, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
यो पनि पढ्नुहोस् :  धादिङबेसीस्थित भैरवी पेट्रोल पम्पद्वारा दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५५ हजार सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   2   =