तीजको दर कार्यक्रम स्थगित गरी रसुवाका बाढीपीडितलाई ५० हजार सहयोग

तीजको दर कार्यक्रम स्थगित गरी रसुवाका बाढीपीडितलाई ५० हजार सहयोग

पोखरा । नवजीवन महिला विकास संस्थाले तीजको दर कार्यक्रम स्थगित गरी रसुवाका बाढीपीडित परिवारका लागि रु. ५० हजार सहयोग गरेको छ। संस्थाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

विपत्तिको कठिन समयमा उत्सव तथा मनोरञ्जनभन्दा मानवीय सेवामा सहयोग पुर्‍याउने उद्देश्यले तीजको दर कार्यक्रम स्थगित गरी सो रकम बाढीपीडितका लागि सहयोग गरिएको संस्थाले जनाएको छ।

नवजीवन महिला विकास संस्थाकी अध्यक्ष सीमा पोखरेलले विपत्तिमा परेका नागरिकको दुःखमा साथ दिनु सबैको मानवीय जिम्मेवारी भएको बताएकी छन्। उनले संस्थाले आफ्नो तर्फबाट सानो भए पनि सहयोग गर्ने प्रयास गरेको जानकारी दिइन्।

तीजका अवसरमा गरिने खर्चलाई पीडितको राहतका लागि उपयोग गर्न पाउँदा आफूहरूलाई पनि सन्तुष्टि मिलेको उनले बताइन्।

संस्थाको यो पहलले विपत्तिका समयमा मानवता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावनालाई थप बलियो बनाएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22559, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम
यो पनि पढ्नुहोस् :  पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशन प्रतिनिधि समर्थककाे र्‍याली खुलामञ्चमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   1   =