जनसेवक बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा विष्णु रिजाल चयन

जनसेवक बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा विष्णु रिजाल चयन

धादिङबेशी,१८ असोज। जनसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले विष्णु रिजालको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

आज धादिङबेशीमा सम्पन्न साधारणसभाबाट संस्थाको अध्यक्षमा रिजाल चयन हुनुभएको हो। नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा राजेश बराइली, सचिवमा अमृत श्रेष्ठ र कोषाध्यक्षमा सावित्रा थापा चयन हुनुभएको छ।

त्यसैगरी सञ्चालक समिति सदस्यमा रामकुमार कुँवर, सरिता थापा, ऋषि नेपाली, अमृता सिंह ठकुरी र विजय तामाङ चयन हुनुभएको छ।

साधारणसभाले शिवराज श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि चयन गरेको छ। समितिको सदस्यमा कृष्णा खड्का र पुष्पा गुरुङ चयन हुनुभएको छ।

साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै संस्थाको सेवा, सुशासन तथा सदस्यकेन्द्रित गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।

जनसेवक बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा विष्णु रिजाल चयन

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   3   =