चलचित्र ‘१२ गाउँ २’ समीर भट्टको एक्सन लुक्स सार्वजनिक

चलचित्र ‘१२ गाउँ २’ समीर भट्टको एक्सन लुक्स सार्वजनिक


काठमाडौं। चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको आकर्षक एक्सन लुक्स सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अभिनेता भट्टको कसिलो तथा मांसपेशीयुक्त शरीर र आक्रामक तवरको एक्सन अवतार देख्न सकिन्छ, जसले चलचित्रमा उनको दमदार प्रस्तुतितर्फ संकेत गर्छ। बिराज भट्ट फिल्म प्रोडक्सनको प्रस्तुति रहेको यस चलचित्रकी निर्माता सरस्वती भट्ट हुन् भने यसको निर्देशन बिराज भट्टले गरेका हुन्। चलचित्रमा समीर भट्टसहित बिराज भट्ट, अनुप विक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कलु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णा बहादुर गन्धर्व र सुदिर श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहनेछ।

यसै फिल्ममार्फत कृशु शाही (काफिया) र वर्षा ईटनीले डेब्यु गर्दैछन्। चलचित्रमा सन्तोष सरकारको कथा र महेश पौडेलको छायांकन रहेको छ। चलचित्र आगामी असोज ३० गते अर्थात् दशैंको फूलपातीको अवसर पारेर देशव्यापी रूपमा सिनेमाघरहरूमा प्रदर्शनमा आउने तयारीमा छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  ‘बाकस’मा महेश त्रिपाठी मुख्य भूमिकामा » Celebrity Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 5   +   10   =