शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा शोभा छत्कुली निर्वाचित

धादिङबेशी,४ असोज । शिवज्योती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा शोभा छत्कुली निर्वाचित हुनुभएको छ। संस्थाको २०औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले छत्कुलीको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको हो।
समितिको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा शोभा श्रेष्ठ र कोषाध्यक्षमा दीपमाया श्रेष्ठ निर्वाचित हुनुभएको छ। सदस्यहरूमा सविता सिटौला, उमा तिमल्सिना, भीममाया गिदेल, विन्दा गुरुङ र इन्दिरा अधिकारी निर्वाचित हुनुभएको छ। यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा दीपा लम्साल तथा सदस्यहरूमा कोपिला दाहाल र यममाया गुरुङ निर्वाचित हुनुभएको छ।
साधारणसभाले संस्थाका सचिव शशी अर्यालले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष रीता पोखरेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। सभाका अवसरमा बचत तथा ऋणको उत्कृष्ट कारोबार गर्ने सदस्यहरूलाई सम्मानसमेत गरिएको थियो।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडका सञ्चालक सदस्य नवराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेडका उपाध्यक्ष तुलसीप्रसाद अधिकारीलगायतको आतिथ्यता रहेको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ५, सोमबार २१:४१फरक शैलीको चंगुलको टाइटल गीत » Celebrity Nepal
समाचार२०८३ आश्विन ५, सोमबार २०:२६राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन ५, सोमबार ११:४१झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ५, सोमबार ०८:३५चलचित्र ‘चमेलीको पोइ’ को ट्रेलर सार्वजनिक » Celebrity Nepal









