कांग्रेस महाधिवेशन प्रतिनिधिमा दनै र बराइली निर्विरोध

कांग्रेस महाधिवेशन प्रतिनिधिमा दनै र बराइली निर्विरोध

धादिङबेशी,१३ असोज ।  नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत धादिङ जिल्लाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि भएको उम्मेदवारी प्रक्रियामा दुई जना उम्मेदवार निर्विरोध हुने भएका छन्।

प्राप्त विवरणअनुसार समानुपातिक खसआर्य महिला कोटातर्फ शोभा छत्कुली दनै र दलित कोटातर्फ राजन बराइलीको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध निर्वाचित हुने भएका हुन्।

सम्बन्धित कोटामा तोकिएको संख्याभन्दा बढी उम्मेदवारी नपरेपछि दनै र बराइलीलाई मतदान प्रक्रियामा जानु नपर्ने भएको हो।

केन्द्रीय महाधिवेशन प्रतिनिधिका अन्य पद तथा कोटामा भने निर्धारित संख्याभन्दा बढी उम्मेदवारी परेकाले निर्वाचनमार्फत प्रतिनिधि चयन हुने भएको छ।

यद्यपि निर्वाचन समितिले दनै र बराइली निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा तथा अन्तिम विवरण सार्वजनिक गरिसकेको छैन।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :   क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न सांसदको सुझाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   3   =