भरतपुर अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त
काठमाडौँ । भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त भएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छताको मन्त्रीस्तरीय निर्णयबाट पौडेललाई अध्यक्ष नियुक्त गरिएको हो। त्यस्तै, नवराज तिमिल्सिना र अनिता खड्कालाई सदस्य नियुक्त गरिएको छ।
शुक्रबार स्वास्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनीहरूलाई नियुक्ति पत्र प्रदान गरेकी छन्। अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अस्पतालको व्यवस्थापन, विकास तथा सेवा विस्तारमा समितिले आवश्यक भूमिका निर्वाह गर्ने विश्वास लिइएको जनाएको छ।
भरतपुर अस्पताल संघीय सरकारअन्तर्गत सञ्चालन हुँदै आएको प्रमुख सरकारी अस्पताल हो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १७, शनिबार १०:०६भरतपुर अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त
समाचार२०८३ आश्विन १७, शनिबार ०७:०२फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने
समाचार२०८३ आश्विन १७, शनिबार ०६:५४धानबालीमा रोग–कीराको समस्या ः किसान चिन्तित
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १६, शुक्रबार २०:४४पुष्प र प्रशंसासँगै दाङबाट सुरु भयो ‘सिन्दूर’को छायांकन








