आईआईएफटी स्पेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट

आईआईएफटी स्पेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट

सेलिब्रेटी नेपाल। आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनले आयोजना गरेको दुईदिने ‘स्पेस एन्ड डिजाइन एक्स्पो सिजन ६ र ७ सम्पन्न भएको छ।

एक्स्पोमा ‘क्याफे डिजाइन’ र ‘थेसिस डिजाइन’ गरी दुई विधामा प्रदर्शनी तथा प्रतिस्पर्धा आयोजना गरिएको थियो। कार्यक्रममा आईआईएफटीका इन्टेरियर डिजाइनका १०१ जना विद्यार्थीले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए। ‘थेसिस डिजाइन’तर्फ ४२ वटा तथा ‘क्याफे डिजाइन’तर्फ ७८ वटा डिजाइन प्रदर्शनीमा राखिएका थिए। सिटी सेन्टरको भुइँतलादेखि तेस्रो तलासम्म आयोजना गरिएको प्रदर्शनीमा विद्यार्थीले अध्ययन तथा प्रशिक्षणका क्रममा तयार पारेका विभिन्न सिर्जनात्मक अवधारणा, व्यावहारिक डिजाइन तथा इन्टेरियर डिजाइनका नमुना प्रस्तुत गरेका थिए।

‘स्पेस एन्ड डिजाइन एक्सपो भोल्युम ६’ अन्तर्गत क्याफे डिजाइनतर्फ रुची बानियाँ विजेता, ग्रिष्मा बोगटी प्रथम रनरअप र स्मृति श्रेष्ठ दोस्रो रनरअप बने। उक्त विधाको निर्णायकमा रामगोपाल तन्डुकार र मुकेश महर्जन थिए। सोही भोल्युमअन्तर्गत थेसिस डिजाइनतर्फ दिपेश माली विजेता, समिना महर्जन प्रथम रनरअप र अनिशा खड्गी दोस्रो रनरअप घोषित भए। थेसिसतर्फ रञ्जन प्रजापति र रविन शिल्पकार निर्णायक थिए।

यस्तै, ‘स्पेस एन्ड डिजाइन एक्स्पो भोल्युम ७’ अन्तर्गत क्याफे डिजाइनतर्फ विवेक श्रेष्ठ विजेता, समृद्धि श्रेष्ठ प्रथम रनरअप र शोभा अधिकारी दोस्रो रनरअप बने। थेसिस डिजाइनतर्फ एन्जल सिंह महर्जन विजेता, ग्रिष्मा बोगटी प्रथम रनरअप र सुसेना लिम्बू दोस्रो रनरअप भए।

यसैगरी, क्याफे डिजाइनतर्फको पब्लिक च्वाइस अवार्ड निकल भैला श्रेष्ठले तथा थेसिस डिजाइनतर्फको पब्लिक च्वाइस अवार्ड अनिशा थापाले प्राप्त गरे।

प्रतिस्पर्धामा क्याफे डिजाइनतर्फ विजेताले १२ हजार, प्रथम रनरअपले १० हजार र दोस्रो रनरअपले ८ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। थेसिस डिजाइनतर्फ विजेताले १५ हजार, प्रथम रनरअपले १२ हजार र दोस्रो रनरअपले १० हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे। काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा शनिबार र आइतबार आयोजना गरिएको एक्स्पोमा उत्कृष्ट डिजाइन प्रस्तुत गर्ने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै कार्यक्रम सम्पन्न गरिएको हो।

यो पनि पढ्नुहोस् :  उपासना र कुन्दनको चलचित्र ‘भिडियोटेप’ को छायांकन सम्पन्न

कार्यक्रमका प्रमुख अतिथि माल्टाका लागि नेपाली कन्सुलर दिनेश श्रेष्ठ र आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पालगायतले विजेतालाई पुरस्कार प्रदान गरेका थिए। सो अवसरमा कन्सुलर श्रेष्ठले विजेतालाई बधाई दिँदै यस्ता प्रयोगात्मक तथा सिर्जनात्मक कार्यक्रमले विद्यार्थीलाई सम्बन्धित क्षेत्रमा व्यावसायिक रूपमा अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले नेपालमा दक्ष फेसन तथा इन्टेरियर डिजाइनरको आवश्यकता पूरा गर्ने उद्देश्यले सञ्चालन गरिएको शिक्षाले विद्यार्थीलाई व्यावसायिक क्षेत्रमा अघि बढ्न सहयोग गरिरहेको बताए । उनका अनुसार एक्स्पो विद्यार्थीका शैक्षिक उपलब्धि प्रदर्शन गर्ने अवसर मात्र नभई इन्टेरियर डिजाइन, निर्माण, होटल तथा रेस्टुरेन्ट, क्याफे, रियल इस्टेट र उद्यमशीलतासँग सम्बन्धित व्यवसायी तथा पेशेवरका लागि नयाँ प्रतिभा र सिर्जना अवलोकन गर्ने महत्वपूर्ण मञ्चसमेत बनेको छ ।

एक्स्पोको समापन समारोहमा आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनबाट उत्तीर्ण भएका विद्यार्थीका लागि दीक्षान्त समारोहसमेत आयोजना गरिएको थियो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  असोज २३ मा ‘अक्षरा’ रिलिज, प्रचारमा उत्रिए २५० भन्दा बढी साइकल यात्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   1   =