नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत

नुवाकोट । कोरियाली चिकित्सकहरूको संस्था ‘कोरियन मेडिकल एशोसिएसन’ले नुवाकोटका बाढीपीडित परिवारलाई करिब रु २० लाख बराबरको राहत सामग्री वितरण गरेको छ।
एशोसिएसनको टोलीले विदुर नगरपालिका–१ का बाढी प्रभावित २२० परिवारलाई जाडो मौसममा प्रयोग हुने ब्ल्याङ्केटसहित विभिन्न लत्ताकपडा वितरण गरेको हो। टोली प्रभावित क्षेत्रमै पुगेर स्थानीय तह तथा वडासँगको समन्वयमा राहत सामग्री हस्तान्तरण गरेको जनाइएको छ।
कोरियाली टोलीका नेता डा. चोइ जेङ सेवले नजिकिँदो जाडोलाई लक्षित गरी बाढीपीडित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउन पाउँदा खुशी लागेको बताउनुभयो। राहत वितरणसँगै चिकित्सकहरूको टोलीले बाढीपछिको प्रभावित क्षेत्रको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएको नेपाल–कोरिया मानवीय सहायता समन्वयकर्ता रुद्र शर्माले जानकारी दिनुभयो।
नेपालका लागि कोरियाली अवैतनिक वाणिज्य दूत डा. जिअनले अहिले बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न टोली आएको उल्लेख गर्दै पुनर्स्थापनाका क्रममा आवश्यक भौतिक संरचना निर्माणमा समेत सहयोग गर्ने योजना रहेको बताउनुभयो।
विदुर नगरपालिकासँग समन्वय गरी सम्बन्धित वडामार्फत राहत वितरण गरिएको हो। स्थानीय नारायण प्याकुरेलका अनुसार वितरण गरिएको राहत सामग्रीको मूल्य करिब रु २० लाख बराबर रहेको छ।
बाढीबाट प्रभावित परिवारलाई तत्काल राहतसँगै आगामी दिनमा पुनर्स्थापना तथा आवश्यक संरचना निर्माणमा सहयोग गर्ने प्रतिबद्धता कोरियाली टोलीले जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १९:१२नुवाकोटका बाढीपीडितलाई कोरियन मेडिकल एशोसिएसनको राहत
समाचार२०८३ आश्विन १९, सोमबार १८:५२भूमिहीन समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री शाह
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन १९, सोमबार १५:५५बाढी प्रभावित रसुवामा छ दिने निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन
कला, विचार/मनोरञ्जन२०८३ आश्विन १९, सोमबार १३:२३आईआईएफटी स्पेस एन्ड डिजाईन प्रतिस्पर्धामा रुची, दिपेश, विवेक र एन्जल उत्कृष्ट








