पोखरा–१४ मा जातीय विभेदको आरोप, इन्सेकद्वारा न्यायको माग

पोखरा–१४ मा जातीय विभेदको आरोप, इन्सेकद्वारा न्यायको माग
पोखरा । पोखरा महानगरपालिका–१४, छिनेडाँडास्थित वडा कार्यालयमा कार्यरत गङ्गा विकमाथि जातीय विभेद भएको आरोपबारे इन्सेक गण्डकी प्रदेशसहित मानवअधिकार रक्षकहरूले अनुगमन गर्दै निष्पक्ष छानबिन र न्यायको माग गरेका छन्।
गत असोज १२ गते वडा कार्यालयमा खाजा खाने क्रममा जातीय पहिचानका आधारमा आफूलाई ‘सोह्र श्राद्ध परेको छ, तपाईंले नछुनुहोस्’ भन्दै खाजा पकाउन रोक लगाइएको र आफूले बनाएको खाजा अरूले नखाने भन्दै विभेद गरिएको विकको आरोप छ।
घटनाबारे जानकारी लिन इन्सेककी सहायक प्रलेख अधिकृत मंगिता नेपालीको संयोजकत्वमा गएको टोलीले असोज २२ गते वडा अध्यक्ष बोधबहादुर कार्की र पीडित विकसँग भेट गरी छलफल गरेको थियो।
अनुगमन टोलीले घटनाको निष्पक्ष छानबिन गरी विभेद भएको प्रमाणित भए प्रचलित कानुनअनुसार कारबाही गर्न माग गरेको छ। साथै, पीडितको आत्मसम्मान र सुरक्षित रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न वडा कार्यालयको ध्यानाकर्षण गराइएको मानवअधिकार रक्षक सञ्जालका संयोजक रामहरि ढुङ्गानाले बताए।
पीडित विकले घटनाको निष्पक्ष छानबिन गरी न्याय दिन र आगामी दिनमा जातका आधारमा कसैले पनि विभेद भोग्न नपर्ने वातावरण बनाउन आग्रह गरिन्।
वडा अध्यक्ष कार्कीले पीडितले न्याय पाउने वातावरण निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताए। वडा कार्यालयले जातीय, धार्मिक तथा लैङ्गिक विभेद अन्त्य गर्न वडावासीलाई ‘विभेदविरुद्धको महाअभियान’मा सहभागी हुनसमेत आह्वान गरेको छ।
अनुगमन टोलीले नेपालको संविधानको धारा १८ र २४ तथा जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ अनुसार घटनाको छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन माग गरेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22821, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार ११:०६पोखरा–१४ मा जातीय विभेदको आरोप, इन्सेकद्वारा न्यायको माग
समाचार२०८३ आश्विन २२, बिहीबार १४:३७बालबालिका बेचबिखनमा आर्थिक अभावदेखि सामाजिक विभेदसम्म, उद्धारपछि पनि पुनःस्थापनाको चुनौती
समाचार२०८३ आश्विन २१, बुधबार १०:४०‘कोडदेखि कांग्रेससम्म’ अवधारणासहित ई. सुदर्शन शर्माको केन्द्रीय सदस्यमा उम्मेदवारी
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’







