सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक,निरुता सिंहको फरक लुक्स

सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक,निरुता सिंहको फरक लुक्स

सेलिब्रेटी नेपाल। अभिनेत्री निरुता सिंहलाई फरक र गम्भीर अवतारमा प्रस्तुत गर्दै सिनेमा ‘सारथी’ को प्रोमो सार्वजनिक गरिएको छ । किम्भे प्रोडक्सनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार सिनेमाको प्रोमो सार्वजनिक गरिएको हो ।

बच्चाको रोदन आवाजसँगै सुरु भएको प्रोमोमा अभिनेत्री निरुता सिंहलाई काखमा दुधे बालक बोकेको अवस्थामा देख्न सकिन्छ । गम्भीर मुद्रामा प्रस्तुत निरुताको पैतालाबाट रगत बगिरहेको दृश्यले प्रोमोलाई थप रहस्यमय र भावुक बनाएको छ । यसले यसअघिका भूमिकाभन्दा फरक अवतारमा देखिएकी निरुताको प्रस्तुतिले सिनेमाको कथावस्तुबारे दर्शकमाझ कौतुहलता बढाउने देखिन्छ ।

निरुता सिंहसँगै सिनेमामा कलाकारहरू उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीको अभिनय रहेको छ ।

संकल्प भुजेलले छायांकन गरेको सिनेमा म्याग्दीको गुर्जा क्षेत्रमा छायांकन गरिएको छ । सिनेमा किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् ।

आगामी मंसिर ११ गतेदेखि प्रदर्शन हुने सिनेमा कुमार गजुरेलले निर्देशन गरेका हुन् । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् ।

सिनमाका सह-निर्मातामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा छन् भने अमीर केसीले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हालेका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘३६ को आँकडा’को गीतमा रेखा र महेश,पुजा र पुष्प » Celebrity Nepal
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   6   =