ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’ को छायांकन सम्पन्न

ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’ को छायांकन सम्पन्न


सेलिब्रेटी नेपाल। गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री माननीय वेदबहादुर गुरुङको परिकल्पनामा निर्माण भइरहेको नेपाली चलचित्र ‘बुकी फूल’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। अभियान फिल्म्स प्रोडक्सन पोखराको ब्यानरमा निर्माण भइरहेको चलचित्रको मंगलबार कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा अन्तिम दृश्य छायांकन गर्दै इन्डक्ल्याप गरिएको हो।

गुरुङ सभ्यता, संस्कृति र संस्कारमा आधारित चलचित्र ‘बुकी फूल’ले ऐतिहासिक कथालाई पर्दामा उतार्ने प्रयास गरेको छ। राजनीतिसँगै चलचित्र निर्माणमा समेत सक्रिय रहेका पूर्वमन्त्री गुरुङको परिकल्पनामा निर्माण भइरहेको यस चलचित्रको असोज १ गते कास्कीको पर्यटकीय गाउँ सिक्लेसबाट शुभमुहूर्त गरिएको थियो। सिक्लेस र आसपासका क्षेत्रमा छायांकन गरिएको चलचित्रको निर्देशन ओमप्रकाश गुरुङले गरेका छन्।

चलचित्रमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन्। अभिनेत्री संस्कृति गुरुङका लागि भने ‘बुकी फूल’ डेब्यु चलचित्र हो। साथै चलचित्रमा पुष्कर गुरुङ, कविता आले, विश्वास गुरुङ, माया गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, डीबी गुरुङ, बलबहादुर गुरुङ, लालशोभा गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रको छायांकन सुसान प्रजापतिले गरेका हुन्। चलचित्रका प्रोडक्सन म्यानेजर डीबी गुरुङका अनुसार ताङतिङमा अन्तिम दृश्य छायांकन भएसँगै चलचित्रको सम्पूर्ण छायांकन कार्य सम्पन्न भएको हो। निर्माण पक्षले अब छिट्टै सम्पादन कार्य सुरु गर्ने जनाएको छ।

गुरुङ सभ्यताको मौलिक कथा, संस्कृति र ऐतिहासिक परिवेशलाई केन्द्रमा राखेर निर्माण भइरहेको ‘बुकी फूल’ फरक कथावस्तु र प्रस्तुतिका कारण दर्शकमाझ विशेष बन्न सक्ने अपेक्षा गरिएको छ। तत्कालीन जीवनशैली र सांस्कृतिक परिवेशलाई चलचित्रमा कसरी प्रस्तुत गरिएको छ भन्ने विषयले पनि यसको प्रतीक्षालाई थप रोचक बनाएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘चिरञ्जीवी भवः’ को पोस्टरमा हरिवंश, आशीर्वाद र प्रशंसा
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   7   =