एड्भान्स एकेडेमीमा आजदेखि खेलकुद सप्ताह सुरु

एड्भान्स एकेडेमीमा आजदेखि खेलकुद सप्ताह सुरु

धादिङ,१६ कार्तिक
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसीमा रहेको एड्भान्स एकेडेमीले सोमबारदेखि २० औं बार्षिक सप्ताह खेलकुद सुरु भएको छ ।विद्यालयका सन्चालन समितिका अध्यक्ष अर्जुन श्रेष्ठ(गोर्खाली)को अध्यक्षतामा सम्पन्न भएको उद्घाटन खेलमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा भैरब गणका उप सेनानी श्रीजल गुरुड,नेपाल पत्रकार महासंघ धादिङका सचिव सन्तोष श्रेष्ठ लगायको आतिथ्यता रहेको थियो । कार्यक्रम उद्घाटन अघि विद्यार्थीहरूले मार्चपास, पिटी प्रदर्शन र स्वागत नृत्य समेत प्रस्तुत गरेका थिए ।

एड्भान्स एकेडेमीमा आजदेखि खेलकुद सप्ताह सुरु

सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले एड्भान्स एकेडेमीले जिल्लामा छुट्टै पहिचान बनाएको बताउनुभयो ।उहाँले विद्यार्थीहरूको सर्वाङ्गिण विकासको लागि खेलकुद अपरिहार्य भएको बताउँदै खेलले मानव जीवनशैलीमा अनुशासित र गतिशीलता प्रदान गर्न महŒवपूर्ण भूमिका खेल्ने छ र विद्यालय तहमा खेलकुदको विकास हुन जरुरी रहेको भन्दै एड्भान्स एकेडेमीले तेक्वान्दोलाई आफ्नो छुट्टै पाठ्यपुस्तक बनाएर अध्यापन गराउने गरेकोमा धन्यवाद दिनुभयो ।

कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नं ४ का वडाध्यक्ष हरि बहादुर श्रेष्ठले विद्यालय खेलाडी उत्पादन गर्ने एक स्रोत भएको भन्दै एड्भान्स एकेडेमीले खेलकुदलाई प्राथमिकतामा राखेकोमा बधाई दिनुभयो । प्रतियोगिताको मुख्य उद्देश्य छात्र तथा छात्रालाई शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य राख्नु तथा उनीहरूमा रहेको प्रतिभालाई बाहिर ल्याउने प्लेटफर्मको सिर्जना गर्नु रहेको खेलकुद महोत्सव आवश्यक रहेको बताउनुभएको छ ।एड्भान्स एकेडेमीका अध्यक्ष अर्जुन श्रेष्ठ (गोर्खाली)ले यस सप्ताहले विद्यार्थीहरुमा रहेको खेल मोहलाई उत्साहमा परिर्माजित गरि उनिहरुको खेल्ने कलाको पनि विकाश हुने बताउनु भयो,उहाँले श्रवण शक्ति कमजोर भएका विद्यार्थीहरुलाई विद्यालयले विभिन्न किसिमका सीप समेत प्रदान गर्दै आएको बताउनुभयो ।

बालबालिकाहरुको मानसिक अवस्था दुरुस्त राख्नको लागि खेलकूद अनिवार्य भएको बताउँदै विद्यालय परिवारले गरेको खेलकूद सप्ताहको प्रशंसा गर्नुभयो ।विद्यालयले प्रत्येक वर्ष “खेलकुद सप्ताह“ को आयोजना गर्ने गरेकोले नियमित प्रक्रियाकै रुपमा यो वर्ष पनि “खेलकुद सप्ताहको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल भीमबहादुर श्रेष्ठ जानकारी दिनुभयो । उहाँका अनुसार खेलकुद उत्सवमा छात्र र छात्राको गरी १ सय १ खेल हुने छ, खेल उत्सवमा प्ले ग्रुप देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने र ३ सय ६२ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यो पनि पढ्नुहोस् :  कास्की आइडल–२ को गायनतर्फ अमृत र नृत्यतर्फ गौमाया विजेता

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 0   +   6   =