नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी

काठमाडौँ- नवनियुक्त प्रहरी महानिरीक्षक डा मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयमा आज प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्नबाट शुशोभित भएपछि संक्षिप्त सम्बोधन गर्दै उहाँले संविधान र कानुनप्रति अविचलित रहिरहने प्रण व्यक्त गर्नुभयो ।
प्रहरी सङ्गठनको मर्यादा र निश्पक्षतामा आफूले कुनै सम्झौता नगर्ने उद्घोष गर्दै महानिरीक्षक केसीले जनतासँगको सम्बन्धलाई प्रहरी सङ्गठनको महत्त्वपूर्ण पूँजीमा रूपमा औँल्याउनुभयो । “आजैदेखि हामी सबै मिलेर कर्तव्यबाट सेवा प्रवाहसम्मको यात्रा सुरु गरौँ, जहाँ नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महुसस गरुन्, प्रत्येक प्रहरीले आफ्नो बर्दीमा गर्व गर्न सकोस्”, उहाँले भन्नुभयो ।
उहाँले आधारभूत तहलगायत सम्पूर्ण प्रहरी कर्मचारीको गुनासो सुन्न आफ्नै सचिवालयमा तत्काल उच्चस्तरीय संयन्त्र सुरु गर्ने घोषणा गर्नुभयो । प्रहरी महानिरीक्षक केसीले सीमित स्रोत साधन, भवनको अभाव, लामो कार्यघण्टा, सरुवा बढुवामा निश्पक्षता र मानसिक स्वास्थ्यलगायत पक्षमा आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आवश्यक स्रोत साधन, कानुनी स्पष्टता, कार्यगत स्वायत्तताका लागि सरकारसँग आग्रह गर्दै प्रहरी महानिरीक्षक केसीले प्रहरी सङ्गठनलाई दलीय प्रभावबाट मुक्त राख्नका लागि राजनीतिक दलबाट सहयोगको अपेक्षा गर्नुभयो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक १९, बुधबार १९:००नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी
समाचार२०८३ कार्तिक १९, बुधबार १८:४०शंखादेवी माविको अध्यक्षमा ठकुरी निर्वाचित
कला, विचार/मनोरञ्जन२०८३ कार्तिक १९, बुधबार १२:४२गायक, गीतकार तथा संगीतकार डिबी गुरुङ » Celebrity Nepal
सूचना-प्रविधि२०८३ कार्तिक १८, मंगलवार २१:२७नि:शुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन








