धादिङमा पाँच क्लवको पदस्थापना,लायन्स क्लब धादिङ समाजको चार्टर

धादिङमा पाँच क्लवको पदस्थापना,लायन्स क्लब धादिङ समाजको चार्टर

धादिङ, २८ कात्तिक  : धादिङबेँसीमा आज आयोजित संयुक्त कार्यक्रममा लायन्स क्लब अफ धादिङ समाजलाई चार्टर (आधिकारिक मान्यतापत्र) हस्तान्तरण गर्नुका साथै पाँचवटै क्लबका पदाधिकारीको पदस्थापन गरिएको छ ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आईअन्तर्गत रिजन ५, जोन ९ को कार्यक्रममा नयाँ क्लबका सदस्यलाई डिस्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीले शपथ ग्रहण गराउनुभयो । अन्य चार क्लबका पदाधिकारीलाई सेकेन्ड भाइस गभर्नर विष्णु भण्डारीले पदस्थापन गराउनुभएको हो ।

लायन्स क्लब अफ काठमाडौँ सूर्यमुखीको प्रायोजनमा स्थापना भएको धादिङ समाजको संस्थापक अध्यक्षमा डा दिनेश रेग्मी रहनुभएको छ । कार्यक्रममा काठमाडौँ सूर्यमुखी, धादिङ भैरवी, धादिङ हाइट, धादिङ मण्डली र धादिङ समाजका पदाधिकारी तथा सदस्य सहभागी थिए ।

कार्यक्रममा गभर्नर केसीले समुदायको आवश्यकता पहिचान गरेर सेवाका कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । क्लबहरूबीचको सहकार्य बढाउँदै संस्थागत जिम्मेवारी पूरा गर्नुपर्ने र स्थानीय आवश्यकतालाई लायन्सका अन्तर्राष्ट्रिय तथा डिस्ट्रिक्टस्तरीय कार्यक्रमसँग जोड्नुपर्ने उहाँको भनाइ थियो ।

डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ कृष्ण बद्री पौडेलले क्लब गठनसँगै त्यसको निरन्तरता र सेवाका कार्यक्रमको प्रभावकारितामा ध्यान दिनुपर्ने बताउनुभयो । प्रत्येक सदस्य र पदाधिकारीको सक्रियताले मात्र संस्थालाई दिगो बनाउन सकिने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा विपद्पछिको राहत तथा मानवीय सहयोगमा स्थानीय क्लबहरूले पुर्‍याएको योगदानबारे पनि चर्चा गरिएको थियो । विपद्का बेला राहत र सहयोगमा खटिएका सदस्यलाई डिस्ट्रिक्ट नेतृत्वले धन्यवाद दिँदै आगामी दिनमा पनि सामूहिक रूपमा सेवाका काम अघि बढाउन आग्रह गरेको थियो ।

क्रीक रिसोर्टमा सम्पन्न कार्यक्रमको पहिलो सत्रको अध्यक्षता जोन चेयरपर्सन अधिकारी र दोस्रो सत्रको अध्यक्षता धादिङ भैरवीका अध्यक्ष प्रकाश सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा डिस्ट्रिक्ट सेक्रेटरी अनुजकुमार श्रेष्ठ, डिस्ट्रिक्ट कोअर्डिनेटर कविता इटनी,डिस्ट्रिक्ट डिपार्टमेन्ट चिफ कृष्ण बद्री पौडेल तथा रिजन चेयरपर्सन कृष्णप्रसाद ढकाललगायतको सहभागिता थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 9   +   6   =