छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा

काठमाडौं । छठ पर्वको अवसरमा सरकारले सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै २०८३ साल कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा हुने जनाएको हो।
छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने परम्परा रहेकाले सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामार्फत सम्बन्धित सबैलाई यसबारे जानकारी गराइएको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=23063, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक २९, शनिबार १८:१५समाज रूपान्तरणमा सामाजिक सङ्घसंस्थाको भूमिका महत्त्वपूर्ण : प्रजिअ गुरुङ
समाचार२०८३ कार्तिक २८, शुक्रबार १८:०७पोखराको जिरो किलोमिटरमा स्कुटर बोलेरोमा ठोक्किँदा दुई युवकको मृत्यु
समाचार२०८३ कार्तिक २८, शुक्रबार १७:२८फोनिज युवा पत्रकारिता पुरस्कारको छनोट समिति गठन, संयोजकमा रुद्र श्रीषमगर
समाचार२०८३ कार्तिक २८, शुक्रबार १५:५३रत्न मन्दिर र हिमागृहको जग्गा लिजमा नदिन जिसस कास्कीको आग्रह








