Home खेलकुद विश्वकप क्रिकेटः श्रीलंकालाई पराजित गरेपछि न्यूजिल्याण्डको सेमिफाइनल यात्रा सहज बन्दै

विश्वकप क्रिकेटः श्रीलंकालाई पराजित गरेपछि न्यूजिल्याण्डको सेमिफाइनल यात्रा सहज बन्दै

13
0

काठमाडौं- विश्वकप क्रिकेट अन्तरगत भएको खेलमा श्रीलंकालाई पाँच विकेटले पराजित गर्दै न्यूजिल्याण्ड विजयी भएको छ । यो जितसँगै न्यूजिल्याण्डको सेमीफाईनलमा पुग्ने सम्भावना कायमै छ ।

टस जितेर न्युजिल्याण्डले फिल्डिङ रोजेपछि श्रीलंकाले पहिलो व्याटिङ गर्दै निर्धारित ४६.४ ओवरमा अलआउट जम्मा १७२ रनको लक्ष्य दिएको थियो । त्यसपछि ब्याटिङ गरेको न्यूजिल्याण्डले २३.२ ओवरमा ५ विकेट गुमाउदै सहज लक्ष्य पुरा गर्‍यो ।

जारी खेलमा श्रीलंका यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । भारतमा जारी आईसीसी विश्वकप क्रिकेटमा भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया सेमिफाइनलमा पुगिसकेका छन् ।

सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न न्यूजिल्याण्ड, पाकिस्तान र अफ्गानिस्तानवीच प्रतिस्पर्धा देखिएको छ । अब पाकिस्तान तथा इग्ल्याण्ड र अफ्गानिस्तान र दक्षिण अफ्रिकावीच हुने खेलको रनरेटले सेमीफाईनलको आगामी यात्रा निर्भर रहने देखिएको छ ।

भारत ८ वटै खेल जितेर १६ अंक जोड्दै शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका र अष्ट्रेलियाको समान १२ अंक छ । यस्तै त्यसपछि रहेका न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान तीनै टोलीको समान ८ अंक छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleमधेसको पहिलो QFX सिनेमा वीरगञ्जमा सञ्चालनमा, प्रमुख सचेतक प्रदीप यादवद्वारा उद्घाटन
Next articleसल्यानटार मेलामा आज शिला आले,राजु परियार,रुपा घर्ती मगर, बेली डान्सर बन्दना आउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here