Home समाचार तिहार पर्वको महत्वपूर्ण संस्कृति देउसी भैलो खेलिंदै

तिहार पर्वको महत्वपूर्ण संस्कृति देउसी भैलो खेलिंदै

9
0

काठमाडौं- तिहार पर्वको महत्वपूर्ण संस्कृति देउसी भैलो खेल्न पनि सुरु हुँदैछ । आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् ।

भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो ।

भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको मानिन्छ । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ ।

भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
Previous articleतिहारको दोेस्रो दिन आज, साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरिदै
Next articleविश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here