काठमाडौँ। आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट १२ सेकेन्ड लामो ट्रेलरमा चलचित्र मुख्य पात्रहरुलाई स्थान दिइएको छ। साइकोलोजिकल थ्रिलर जनरामा बनेको चलचित्रको ट्रेलर पनी सस्पेन्स नै बनेको छ। चलचित्र मंसिर २९ गतेबाट प्रदर्शनमा आउनेछ।

नयाँ र जोश बोकेको टिम मिलेर निर्माण गरिएको चलचित्र साइकोलोजिकल थ्रिलर जनरामा बनेको छ । राष्ट्रिय धावक बनेका मुख्यपात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुन्छ । आफ्नो विगतका दबाएर राखिएका अनुभूतिहरूले उसलाई पिरोल्न थाल्छन् । यससँगै आएका ट्विस्टहरू र भ्रष्टाचारको जालो वरपर यो चलचित्र रुमलिने निर्देशक कार्कीले बताए । चलचित्र क्रियटिभ माकुरा मिडियाको ब्यानरमा फिल्म बनेको हो ।

इशा खड्का कार्यकारी निर्माता रहेको चलचित्रले नेपाली चलचित्रमा नयाँ लहरको उत्प्रेरकको रुपमा काम गर्दै रचनात्मक कथा कथन र नवीनताको पुनर्जागरण गर्ने टिमको विश्वास छ । चलचित्रमा सरोज श्रेष्ठ, सन्देश शाक्य, बिनिता थापा मगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन र प्रवल कंडेलको मुख्य भूमिका छ । विदेशी फिल्म फेस्टिभलमा आफ्नो दरिलो उपस्थिति जनाइसकेको ‘जम्प’ले नेपाली दर्शकलाई छुट्टै स्वाद दिने विश्वास रहेको लेखक तथा निर्देशक कार्कीले बताए ।

क्रिएटिभ माकुरा टिममा आशुतोष ध्वज कार्की, प्रसन थापा, देबेश राजकर्णिकार, अंकित सिंह, एन्जेलिका खत्री, निरोज महर्जन, विपिन कपाली, अरिश राजकर्णिकार, सम्राट खनाल र सुरज कटुवाल रहेका छन् । चलचित्रलाई गोविन्द शाहीले वितरणको जिम्मा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *