लघु चलचित्र ‘उडान’को टिजर सार्वजनिक

काठमाडौँ। निरन्जन पाण्डेको निर्देशनमा तयार भएको सर्ट फिल्म ‘उडान’को दोश्रो टिजर सार्वजनिक गरिएको छ । अमेरिकामा रहँदै आएका निरन्जनले यो सर्ट फिल्मको सम्पादन समेत गरेका हुन् । फिल्ममा अर्जुन देब्सन, विना श्रेष्ठ, गोर्विएल डेवान, रोनिन मोलास्ची, जोन हेर्जलर, यूवराज थापा, ओमार कासाराज, राजु गिलानीको मुख्य भूमिका छ । यो सर्ट फिल्म क्रिसमसको समयमा युट्युबमा रिलिज हुने निर्देशक तथा सम्पादक निरञ्जनले जानकारी दिए ।
म्युजिकल सर्ट फिल्ममा त्रिकोणात्मक प्रेम कथालाई उतारिएको निर्देशक पाण्डेले जानकारी दिए । यो फिल्मले अमेरिकामा रहँदै आएका नेपाली यूवा–यूवती र अमेरिकन यूवाको प्रेम कथालाई प्रस्तुत गर्ने निर्माणपक्षले बताएको छ । फिल्ममा बलराम बुढाथोकीको छायांकन छ । विगत १० बर्षदेखि ४ सय बढी म्युजिक भिडियो, वृत्तचित्र र सर्ट फिल्म खिच्दै आइरहेका बलरामले ‘उडान’लाई पनि खिचेका छन् ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २२, आईतवार १७:३१कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा
समाचार२०८२ असार २२, आईतवार १६:३५राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
कला, विचार/मनोरञ्जन२०८२ असार २२, आईतवार १४:४५‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक, कान्स मार्केट पछि चर्चा चुलिँदै
समाचार२०८२ असार २२, आईतवार ०९:२२भोजपुरमा एकै घरका चार जनाको हत्या