कवि सयपत्री थुलुङ्कको कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’ लोकार्पण

काठमाण्डौं । कवि सयपत्री थुलुङ्क कविता कृति ‘गाउँ फर्किरहेको परदेशी’को काठमाडौमा लोकार्पण सम्पन्न भएको छ । सम्भव समूहको आयोजनामा मण्डला थिएटरमा कार्यक्रम सम्पन्न भएको हो । संखुवासभाका कवि थुलुङ विगत डेड दशकदेखि साहित्य सिर्जनामा क्रियाशिल छन । २०७० सालमा ‘शान्तीको फूल गजलसङ्ग्रह प्रकाशन गरेकी थुलुङको एक दशक पछि दोश्रो कृतिका रूपमा कवितासङ्ग्रह पाठक सामु ल्याएकी हुन्।
कार्यक्रमका वक्ताहरू वरिष्ठ कवि श्रवण मुकारुङ, कवि ज्योति जंगल र कवि उत्तम तुम्सा लिम्बु रहेका थिए। कवितासंग्रहका बारेमा बोल्दै कवि उत्तम तुम्साले भने, कविता लेखनको आ(आफ्नै पक्ष हुन्छ । गाउँ फर्किरहेको परदेशी अनुभुतीको गर्भबाट निस्किएको एउटा सफा सङ्ग्रह हो ।
त्यस्तै पुस्तकका बारेमा बोल्दै कवि ज्योति जङ्गलले प्रेमको मसिले लेखिएको यो सङ्ग्रह आशा र आत्मबलको बाटो देखाइरहेको राम्रो पुस्तक बनेको बताइन । देश प्रेम र राज्यसत्ता माथि शान्ति सौहार्दताको वातावरण बनाई राख्नु पर्ने कृति जिकिर गरिएको उनले औल्याइन ।
वरिष्ठ कवि श्रवण मुकारुङले कुनै सिपालु संगीतकारले चाह्यो भने सबै कवितामा संगीत भर्न सकिने कुरा राख्दै कवि थुलुङलाई अब कविताको यात्रामा बलियो गरी निस्किएको नाक्छोङ्को दोस्रो स्टेपमा पुगिसकेको बताए। कार्यक्रममा कवि मिथोच र रंगकर्मी नुसा लिङ्देनले सङ्ग्रह भित्रका एकएकवटा कविता वाचन गरेका थिए भने कवि स्वयमले एउटा कविता वाचन गर्दै आफूलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको थियोे ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख
समाचार२०८३ आश्विन २३, शुक्रबार १२:२१६८ प्रतिशत नेपालीलाई आवासीय अवस्था जीवनको सबैभन्दा ठूलो तनावको स्रोत
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप









