Breaking News
रश्मिका पछि काजोलको डिपफेक भिडियो भाइरल

एजेन्सी। अभिनेत्री रश्मिका मन्डन्नाको एउटा डिपफेक भिडियो हालै सामाजिक सञ्जालमा भाइरल भएको थियो, अब यो सूचीमा बलिउड अभिनेत्री काजोलको नाम पनि थपिएको छ । अभिनेत्रीको एउटा डिपफेक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । यो भिडियोमा काजोलले आफ्नो पहिरन परिवर्तन गरेको दाबी गरिएको छ । भिडियो भाइरल भएपछि काजोलका फ्यानहरूले असन्तुष्टि जनाएका छन् ।

फ्याक्ट चेकिङ प्लेटफर्म बुमका अनुसार यो भिडियो काजोलको नभई सामाजिक सञ्जाल प्रभावकारीको हो । जुन २०२३ मा सामाजिक सञ्जालमा ‘गेट रेडी विथ मी’ ट्रेन्ड अन्तर्गत अपलोड गरिएको थियो। अब काजोलका फ्यानहरूले यो डिपफेक भिडियोलाई लिएर असन्तुष्टि जनाएका छन् ।

भिडियो भाइरल भएपछि, रश्मिका मन्डन्नाले यसको विरुद्ध आवाज उठाइन्, जसमा अमिताभ बच्चन र मृणाल ठाकुरलगायत धेरै सेलिब्रेटीहरूले पनि उनको समर्थन गरेका थिए ।

‘दिमाग खराब’ को प्रदर्शन मंगलबार सम्म गर्ने सहमती

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘दिमाग खराब’को प्रदर्शन मंगलबारसम्म जारी राख्ने सहमती भएको छ । चलचित्र हलसँग विमति राख्दै चलचित्र ‘दिमाग खराब’ को प्रदर्शन स्थगित गर्ने निर्माण कम्पनीले बिज्ञप्ती मार्फत जानकारी दिएको थियो ।

प्रदर्शन स्थगित गर्ने घोषणा गरेको दोस्रो दिन बिहीबार चलचित्रको निर्माता र नेपाल चलचित्र संघबीच मंसिर ५ गते मंगलबार सम्म प्रदर्शन गर्ने सहमति भएको हो । चलचित्र संघमा भएको बैठकको सहमतिअनुसार ‘दिमाग खराब’को प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो । बैठकमा चलचित्रका तर्फबाट निर्माता, निर्देशक र वितरक सहभागि थिए ।

फिल्म ‘बार्बी’ को छायांकनले बेलायती अर्थतन्त्रमा ९५ मिलियन पाउण्ड राजस्व योगदान

एजेन्सी । यसवर्षको ब्लकबस्टर फिल्म ‘बार्बी’ले छायांकनको क्रममा बेलायती अर्थतन्त्रमा ८० मिलियन पाउण्डको योगदान गरेको वितरण कम्पनी वार्नर व्रदर्सले जनाएको छ ।

स्टुडियोका अनुसार यो फिल्मले ६८५ जनालाई रोजगारी दिएको छ, ६००० भन्दा अतिरिक्त रोजगारी सिर्जना गरेको छ, ७५४ स्थानीय ब्यापारीलाई प्रत्यक्ष फाइदा पुगेको छ र स्थानीय ज्यालामा ४० मिलियन पाउण्ड भुक्तानी गरेको छ ।

ग्रेटा गेर्विगद्वारा निर्देशित फिल्म आंशिक रूपमा हर्टफोर्डशायरको लिभ्सडेनस्थित वार्नर ब्रदर्स स्टुडियोमा शूट गरिएको थियो । यो फिल्मले बेलायतको अर्थतन्त्रमा ९५ मिलियन पाउण्ड राजस्व योगदान दिएको बीबीसीले उल्लेख गरेको छ ।

बार्बील्याण्डजस्तो देखिने क्यालिफोर्नियाको स्वरुपको सेट डिजाइन गरिएको थियो । वार्नर ब्रदर्स डिस्कवरी स्टुडियोमा आंशिक रूपमा छायांकन गरिएका अन्य फिल्ममा फ्यान्टास्टिक बिस्ट फिल्म, ब्याटम्यान, एक्वाम्यान र हाउस अफ द ड्रयागन समावेश छन् ।

स्टुडियोमा ह्यारी पोटर फ्रान्चाइजीको घर पनि छ, जसलाई त्यहाँ १० वर्षभन्दा बढी समयसम्म खिचिएको थियो । बेलायतमा मात्र वार्नर ब्रोस डिस्कभरिका ४ हजार स्थायी कर्मचारी छन् । यो संख्या अमेरिकाबाहिर सर्वाधिक रहेको उल्लेख छ ।