Breaking News
राम सिंहको आवाजमा ‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक (भिडिओसहित)

काठमाडाैं । गायक राम सिंहको आवाजमा सजिएको ‘मलाई छेक्यो तिम्रै मायाले’ बोलको गीत सार्वजनिक भएको छ ।
लोकभाका र आधुनिक संगीतको फ्युजन गरिएको गीतको म्युजिक भिडिओ NepMelo युट्युब च्यानलबाट रिलिज गरिएको हो ।
गीतका शब्दहरू राम सिंहले नै लेखेका हुन् भने संगीत पनि उनकै छ । संगीत संयोजन योगेशकाजी शाहले गरेका छन् ।
म्युजिक भिडियोको निर्देशन गम्भीर विष्टले गरेका हुन् । भिडियोमा राम सिंह, योगेशकाजी शाह, स्मृति श्रेष्ठ, अनिता पराजुली र सिर्जना किराती लगायतको अभिनय रहेको छ । पवन सुशलिङले क्यामेर चलाएका छन् ।

गायक राम सिंह नेपालका एक चर्चित बाँसुरी बाधक हुन् । ९० को दशकतिर गायक उनले थुप्रै चर्चित गीतहरूमा आफ्नो बाँसुरीको धुन गुञ्जाएका छन्।

सिंहले अस्मिता अधिकारीसँग गाएको ‘जाउ कतै तिमी र म’ मेलिना राईसँग गाएको ‘पाइला पाइलामा माया’ बजारमा आइसकेको छ । त्यस्तै रचना रिमालसँग ‘पानीको तिर्खा’ र समीक्षा अधिकारीसँग ‘मुगलिङ सिन्धुलीको बाटो’ लगायतका म्युजिक भिडियो बजारमा आउँदैछन् ।

‘लाउँदैन र माया’ गीत सार्वजनिक, निक्स र मोडल विनाको रोमान्स

काठमाडौं, २५ कार्तिक । गायिका रानी शाक्य र गायक सीडी बिजय अधिकारीको स्वरमा ‘लाउँदैन र माया’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । यो गीतमा गौरी काफ्ले र सीडी बिजय अधिकारीको शब्द र अधिकारीकै संगीत छ ।

गीत कर्णप्रिय पनि छ । यसको भिडियोलाई झनै आकर्षक बनाइएको छ । प्रहिल कार्कीको निर्देशनमा तयार भएको उक्त गीतको भिडियोमा निक्स शर्मा र मोडल विना राउतको रोमान्टिक अवतार हेर्न सकिन्छ ।

फिल्मी शैलीको लाग्ने यो गीतको भिडियोमा माधव बेलवासेको सम्पादन, उत्तम हुमागाँइको छायांकन छ । फरक फरक शैलीका गीत दर्शकमाझ ल्याउन माहिर मानिएकी गायिका रानी शाक्यले यसपटक रोमान्टिक गीत तिहारको  उपलक्ष्यमा दर्शकलाई उपहार स्वरुप सार्वजनिक गरेकी हुन् । 

‘मिस स्कार्लेट’ कान्तिपुर सिनेमाजमा रिलिज

काठमाडौं, २५ कार्तिक । गत असोज २९ गते घोषणा गरेर सुरुवात भएको ओटिटी प्लेटफर्म कान्तिपुर सिनेमाजले अहिले विभिन्न फिल्म र सिरिजहरू प्रदर्शन गरिरहेको छ । कान्तिपुर सिनेमाजमा फिल्महरू ज्याकी: आइएम ट्वान्टी वान, जुलेवी, म, चि मुसी ची, खरानी, मदर, ऋतु, नपाली फिक्सन र लभ सुत्र सिनेमाजले वल्र्डवाईड ओटिटी रिलिज गरिरहेको छ ।

यो सँगै आजबाट कान्तिपुर सिनेमाजले आफ्नो निर्माण रहेको ओरिजीनल साइकोलोजिकल फेन्टासी सिरिज मिस स्कार्लेटको स्ट्रिमीङ्ग सुरु गरेको छ ।

गत वर्षको माघबाट वीरगन्ज देखी छायांकन सुरुवात गरेको मिस स्कार्लेटको वीरगन्ज र काठमाण्डौमा २७ दिन लगाएर छायांकान भएको हो । पहिलो सिजनमा ४ एपिसोड हुने बताइएको मिस स्कार्लेटको एउटा एपिसोड ३५ देखी ४० मिनेटको हुनेछ । केही महिना अगाडी सिरिजले हिन्दी, अङ्ग्रेजी र नेपाली भाषामा सार्वजनिक गरेको टिजर र ट्रेलरलाई दर्शक र चलचित्रकर्मीले राम्रो प्रतिक्रिया दिएका थिए ।

सिरिजलाई बलिराम चौहानले निर्देशन गरेका हुन भने यसका कृयटिभ प्रोड्युशर प्रकाश पुरी हुन् । सिरिजको टिजर, ट्रेलर र कलाकार र टेक्निसीयनको लाईनअप हेर्दा नेपालमा बन्ने सिरियल र सिरिज भन्दा धेरै स्तरीय बनेको अनुमान लगाउन सकिन्छ । टलकजंग भर्सेस टुल्के फेम्ड सिनेमाटोग्राफर शेर बहादुर तामाङले खिचेको सिरिजमा चर्चित म्युजिकल ग्रुप नोवेल फ्रिक्सले म्युजिक दिएका छन् ।

टिजरबाटै अभिनय र भ्वाइसको तारिफ पाएका नव अभिनेता कुलश्रेष्ठ कमलको काम दमदार देखिएको छ । सिरिजमा टाइटल रोलमा गित बिष्ट सँगै आलीशा बास्तोला, कपिल रसाइली, सबी थापा, सुमित्रा अधिकारी, अर्नव घिमिरे, दिलीप नेपाली, रोज खत्री लगायतको अभिनय रहेको छ ।

यो सिरिजलाई विश्व भरिका दर्शकले कान्तिपुर सिनेमाजमा २९९ तिरेर हेर्न पाउनेछन् । नेपाली रुपैयाँ २९९ मा एक पटक सब्स्क्रीप्सन लिएपछि दर्शकले प्लाटफर्ममा भएका सबै फिल्म र सिरिजहरू एक महिना भरि हेर्न पाउने कान्तिपुर सिनेमाजका सिइओ तथा मिस स्कार्लेटका कृयटिभ प्रोड्युसर प्रकाश पुरीले जानकारी दिए ।