राम सिंहको आवाजमा ‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक (भिडिओसहित)

काठमाडाैं । गायक राम सिंहको आवाजमा सजिएको ‘मलाई छेक्यो तिम्रै मायाले’ बोलको गीत सार्वजनिक भएको छ ।
लोकभाका र आधुनिक संगीतको फ्युजन गरिएको गीतको म्युजिक भिडिओ NepMelo युट्युब च्यानलबाट रिलिज गरिएको हो ।
गीतका शब्दहरू राम सिंहले नै लेखेका हुन् भने संगीत पनि उनकै छ । संगीत संयोजन योगेशकाजी शाहले गरेका छन् ।
म्युजिक भिडियोको निर्देशन गम्भीर विष्टले गरेका हुन् । भिडियोमा राम सिंह, योगेशकाजी शाह, स्मृति श्रेष्ठ, अनिता पराजुली र सिर्जना किराती लगायतको अभिनय रहेको छ । पवन सुशलिङले क्यामेर चलाएका छन् ।
गायक राम सिंह नेपालका एक चर्चित बाँसुरी बाधक हुन् । ९० को दशकतिर गायक उनले थुप्रै चर्चित गीतहरूमा आफ्नो बाँसुरीको धुन गुञ्जाएका छन्।
सिंहले अस्मिता अधिकारीसँग गाएको ‘जाउ कतै तिमी र म’ मेलिना राईसँग गाएको ‘पाइला पाइलामा माया’ बजारमा आइसकेको छ । त्यस्तै रचना रिमालसँग ‘पानीको तिर्खा’ र समीक्षा अधिकारीसँग ‘मुगलिङ सिन्धुलीको बाटो’ लगायतका म्युजिक भिडियो बजारमा आउँदैछन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २६, सोमबार १६:३७बाढी प्रभावितलाई आईएसटी कलेजको सहयोग
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २६, सोमबार ११:५२चलचित्र कलाकार संघको बडादशैं शुभकामना सँगै ‘साथी राइड’ शुभारम्भ
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २६, सोमबार ११:४४‘३६ को आँकडा’को गीतमा रेखा र महेश,पुजा र पुष्प » Celebrity Nepal
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २६, सोमबार ०७:३५नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन « रिपोर्टर्स नेपाल









