लिगको पहिलो खेलमा पोखरा र झापाबीच १-१ गोलको बराबरी

काठमाडौं – नेपाल सुपर लिग फुटबल प्रतियोगिता अन्तरगत आज भएको पहिलो खेलमा पोखरा थन्डर्स र झापा एफसीले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
दशरथ रंगशालामा भएको आजको पहिलो खेलमा १-० गोलले पछि परेको अवस्थामा सम्हालिदै झापाले अन्तिम समयमा गोल गर्न सफल भयो र खेल बराबरीमा सकियो । यो बराबरीसंगै दुबै टोलीले १-१ अङ्क बाँडेका छन् । पहिलो खेलमा एफसी चितवन विरुद्ध जित निकालेको र दोस्रो खेलमा ललितपुर एफसी विरुद्ध गोलरहित बराबरी खेलेको पोखराले आजको खेलसंगै पाँच अङ्क बनाएको छ ।
पहिलो खेलमा स्पोर्टिङ इलामसंग पराजय ब्यहोरेको झापाले भने आजको खेलसंगै महत्वपूर्ण एक अङ्क जोडेको छ । यसैगरी आजै दोस्रो खेलमा बलियो मानिएका धनगढी एफसी र ललितपुर सिटी एफसीबीचको खेल पनि बराबरीमा सकिएको छ । दशरथ रङ्गशालामा भएको खेलमा बराबरी खेल्दै दुबै टोलीले अङ्क बाँडेका छन् । धनगढीको दुई खेलमा ६ अंक रहँदा ललितपुरको समान दुई खेलमा ४ अंक रहेको छ ।।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ भाद्र ३०, सोमबार २०:३४पर्यटन पुनःउत्थान गर्न सरकार र निजी क्षेत्र एकसाथ
समाचार२०८२ भाद्र ३०, सोमबार १८:१६ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु प्रमुख एजेन्डाः ऊर्जामन्त्री घिसिङ
कला, विचार/मनोरञ्जन२०८२ भाद्र ३०, सोमबार १३:३९हल सञ्चालनमा आएसँगै ‘कोशेढुङ्गा’को प्रदर्शन निरन्तर
कला, विचार/मनोरञ्जन२०८२ भाद्र ३०, सोमबार १३:३४चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ फूलपातीमा