घिमिरे ‘फोकस २०२३, मिट द मेकर्स’ को लागी नेपालका तर्फबाट सहभागी

काठमाडौं । सम्पादक तथा निर्देशक निशान घिमिरे द लोकेशन गाइड लण्डनको आयोजनामा लण्डनमा यही डिसेम्बर ५ र ६ मा भएको ‘फोकस २०२३, मिट द मेकर्स’ नामक संसारभरका फिल्मकर्मी तथा मिडियाकर्मीहरुको सम्मेलनमा नेपालका तर्फबाट सहभागी जनाएका छन् । यो सम्मेलनका लागि निशानलाई आयोजकहरुले लामो अध्ययन र केही चरणको वार्तालापपछि छनोट गरेका थिए ।
लण्डनको विजनेस डिजाइन सेन्टरमा सम्पन्न भएको २ दिने सम्मेलनमा कोष्टारिका फिल्म कमिसन, ब्रिटिश फिल्म कमिसन, फिल्म् फ्रान्स सि एम सि, हङकङ टुरिज्म बोर्ड, इटालियन फिल्म कमिसन, जर्मन फिल्म कमिसन, इन्टरनेशनल कास्टिङ डिरेक्टर असोसियसन, मड्रिड फिल्म अफिस, फिल्म इन फिन्ल्यन्ड, पोल्याण्ड फिल्म असोसियसन, स्पेन फिल्म कमिसन, लगायत राष्ट्रका फिल्म तथा मिडियाकर्मी, व्यवस्थापक र विभिन्न देशका सुप्रसिद्ध बक्ताहरुले सहभागिता जनाएका थिए ।
यस महामेलामा नेपालको तर्फबाट एकमात्र प्रतिनिधिका रूपमा रहेका निशान नेपाली पोशाक दौरा सुरवाल र भादगाउँले टोपीमा ठाँटिएर बस्दा धेरै सहभागीहरुको नजर उनीतर्फ पुगेको थियो । नेपाल म्युजिक भिडियो निर्देशक समाजका उपाध्यक्षसमेत रहेका निशानले नेपाल र नेपाली संस्कृतिलाई झल्काउन र नेपाली फिल्म क्षेत्रका बारेमा केही जानकारी दिलाउन एउटा स्टल नै राखेका थिए ।
जहाँ अन्य देशका सहभागीहरुले नेपालका विभिन्न महत्वपूर्ण स्थल र संस्कृति झल्काउने तस्बिरसहित भिडियो क्लिप्सहरु, नेपाली फिल्म, म्यूजिक भिडियो र वृत्तचित्रका भिडियो क्लिप्सहरु अवलोकन गरेका थिए ।
‘नेपाली फिल्म क्षेत्र विश्व बजारका अन्य देशहरुका फिल्म क्षेत्रभन्दा कमजोर छैनन् । नेपालमा विदेशी फिल्म छायाङ्कन गर्न प्रशस्त स्थलसहित अनुकुल वातावरण रहेकोले विदेशी फिल्मकर्मीहरुलाई नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग गर्न छायाङ्कनका लागि नेपालमा आउन आह्वान गर्दै सहजिकरणका लागि प्रतिबद्धता जनाएँ’ निशानले भने ‘अन्तर्राष्ट्रिय निर्माताहरुलाई नेपालमा सुटिङ गर्दा सहजीकरण गर्ने, नेपालका प्राविधिकलाई काम पाउने वातावरण बनाउने र राजस्व वृद्धिमा सहयोग गराउने कुरामा सहयोग गर्ने कुरामा आफ्नो कुरा राखें । नेपालमा अन्तराष्ट्रिय फिल्म सुटिङको अझ माहोल बनाउन सकियो भने हाम्रो लागि राम्रो हुन्छ भनेर विदेशी फिल्मकर्मीको स्टलमा पुगेर आफ्नो धारणा राखें ।’
लण्डन जानुपूर्व निशानले कार्यक्रमका बारेमा नेपाल चलचित्र विकास बोर्डलाई जानकारी गराएपछि बोर्डले समेत उनको यो कदम र उपलब्धिप्रति समर्थन जनाउँदै स्टलका लागि आवश्यक केही दस्तावेजहरु उपलब्ध गराएको थियो ।
निशानका अनुसार महामेलामा सहभागी मार्भल, नेटफ्लिक्सका प्रतिनिधिहरुले नेपालको विषयमा चासो राखेका थिए । ‘मैले मेरो स्टलमा द सोल अफ द हिमालयजको व्यानर राखेको थिएँ । चलचित्र विकास बोर्डको फिल्मिङ इन नेपाल पुस्तक अन्य देशका सहभागीलाई देखाउँदा उनीहरु नेपालको सुन्दरता देखेर प्रभावित भएका थिए’ निशानले भने ‘केही देशका फिल्ममेकरहरु डकुमेन्ट्री खिच्नका लागि नेपाल आउँछु भनेका छन् ।’
चाँडै फिल्म ‘मूना’को निर्देशन र सम्पादनको तयारीमा रहेका निशानले यो कार्यक्रममा सहभागिता जनाएपछि फिल्म निर्माण र बजारीकरणमा समेत थप टेवा पुगेको बताए । ‘विश्वभरका चलचित्रकर्मीहरुसँग साक्षात्कार भएर अनुभव साटासाट गर्न पाउँदा धेरै कुरा सिक्न पाइदो रहेछ’ उनले भने ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ असार २२, आईतवार १७:३१कर र नीतिगत व्यवस्थाविरुद्ध सुनचाँदी व्यवसायीहरू विरोधमा
समाचार२०८२ असार २२, आईतवार १६:३५राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
कला, विचार/मनोरञ्जन२०८२ असार २२, आईतवार १४:४५‘एक्लो’को फर्स्टलुक भिडियो सार्वजनिक, कान्स मार्केट पछि चर्चा चुलिँदै
समाचार२०८२ असार २२, आईतवार ०९:२२भोजपुरमा एकै घरका चार जनाको हत्या