सामाजिक कथामा बनेको ‘आफ्नो कथा आफ्नै व्यथा’

काठमाडौँ। केहि बर्ष पहिले सम्म टेलीसिरियल हेर्नको लागी टेलिभिजनमा समय कुरेर बस्नु पर्थ्यो,आजभोली प्रत्येक दिन दर्जन भन्दा बढी टेलीसिरियल यु ट्युबमा रिलिज हुने गर्दछन्। युट्युबमा आउने सिरियलले दर्शकको मन जित्ने गरेको छ। दर्शकहरुलाई यु ट्युबमा सिरियल हेर्ने बानी परे पछी नियमित सिरियल हेर्ने गरेका छन् र सिरियलले पनी राम्रो दर्शक पाए पछि यु ट्युब रोयल्टीबाट आम्दानी पनि राम्रै गर्ने गरेका छन्।
सामाजिक कथा बस्तुमा बनेको सिरियल ‘आफ्नो कथा आफ्नै व्यथा’ चौंथो भाग सम्मको प्रशारण भई सकेको छ। सिरियल सगुन इन्टरटेन्टमेन्ट नामक यु ट्युब च्यानल मार्फत नियमित प्रशारण भई रहेको छ। बाल कलाकारलाई मुख्य भुमिका बनाएर निर्माण गरिएको सिरियलको निर्माण सुरेन खड्गी र सृजना खड्गीले गरेका हुन्। ‘आफ्नो कथा आफ्नै व्यथा’ मा सृस्टी खड्गीको मुख्य भूमिका रहेको छ। खमेश श्रेष्ठको कथा तथा निर्देशन रहेको सिरियलमा सृस्टी खड्गीको साथमा समिर कार्की,प्रकाश तामाङ,सम्झना रंजितकार,आरजु श्री,मन्दिरा पोखरेल,माधब कार्की लगायतको अभिनय रहेको छ।
https://www.youtube.com/watch?v=7lWII_IjZ7M
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २४, शनिबार १७:२१अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २४, शनिबार १५:४७राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:४३सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो
खेलकुद२०८३ आश्विन २३, शुक्रबार २०:१९एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश









